नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

राष्ट्राध्यक्ष सी तथा क्युबा राज्य परिषद्का अध्यक्षबीच भेट-वार्ता

2018-11-08 19:25:26

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज नोभेम्बर 8 तारिख पैचिङमा क्युबा राज्य परिषद्का अध्यक्ष एवं मन्त्री सम्मेलनका अध्यक्ष मिगुएल दियाज कानेलसँग भेट-वार्ता गर्नुभएको छ।

भेटवार्ताका क्रममा राष्ट्राध्यक्ष सीले सर्वप्रथम अध्यक्ष दियाजले पहिलो पल्ट चीनको राजकीय भ्रमण गर्नुभएकोमा स्वागत गर्नुभयो। चीन र क्युबा दुवै नै राम्रा साथी, राम्रा कामरेड र असल दाजु-भाइ हुन् भन्दै क्युबासँगै मिलेर नयाँ युगमा चीन-क्युबा सम्बन्धलाई गहन रुपमा विकसित पार्दै जान चीन इच्छुक रहेको कुरा पनि उहाँले औँल्याउनुभएको छ।

प्रत्युत्तरमा अध्यक्ष दियाजले पश्चिमी गोलार्द्धमा नयाँ चीनसित दौत्य सम्बन्ध कायम भएको पहिलो मुलुकका हैसियतले क्युबालाई गौरव लागेको कुरामा जोड दिनुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान