नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सी चिन फिङ तथा अमेरिकी राष्ट्रपति बीच टेलिफोन वार्ता

2018-11-02 10:14:39

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर १ तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

फोन वार्तामा राष्ट्रपति ट्रम्पले राष्ट्राध्यक्ष सीसँगको असल सम्बन्धलाई महत्व दिएको भन्दै राष्ट्राध्यक्ष सीमार्फत चिनियाँ जनतालाई शुभेच्छा व्यक्त गर्न चाहेको पनि औँल्याउनुभयो। दुवै देशका आर्थिक समुदाय बीचको छलफल र आदान-प्रदानलाई सबल पार्नु ज्यादै आवश्यक रहेको बताउँदै राष्ट्रपति ट्रम्पले प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी हुन अमेरिकी व्यवसायलाई समर्थन गर्ने पनि बताउनुभएको छ।

उक्त टेलिफोन वार्तामा चीनले चीन-अमेरिका सम्बन्धमा धेरै पटक सैद्धान्तिक अडानलाई प्रष्ट्याएको बताउँदै राष्ट्राध्यक्ष सीले आफु र राष्ट्रपति ट्रम्प बीच सम्पन्न महत्वपूर्ण मतैक्य बमोजिम चीन-अमेरिका सम्बन्धलाई स्वस्थ र स्थिर रुपमा अघि बढाउँदै जाने आशा व्यक्त गर्नुभएको छ।

त्यस अवसरमा उहाँहरूले कोरियाली प्रायद्वीपको परिस्थितिबारे पनि वैचारिक आदान-प्रदान गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान