नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चिनियाँ आपत्कालीन व्यवस्थापन मन्त्रालयद्वारा तिब्बतको जोम्डा जिल्लामा पहिरोपछि जरुरी उद्धार

2018-10-12 16:09:41

चिनियाँ आपत्कालीन व्यवस्थापन मन्त्रालयका अनुसार, ११ तारिख बिहान सात बजे तिब्बत स्वायत्त प्रदेशको छाङ तु शहरको जोम्डा जिल्लामा पहिरो गएको र पहिरोबाट चिन शा नदी थुनिएर ताल बन्न गइ उक्त ताल फुटेर गाउँ नै बगाएलगत्तै जरुरी आवश्यक प्रतिक्रिया शुरु गरी भौगोलिक प्रकोप तथा उद्धार विशेषज्ञहरूद्वारा गठित कार्य-टोलीलाई उक्त स्थानमा खटाइसकेको छ।

सिन् व्हा समाचार समितिका अनुसार ११ तारिख बेलुकी आठ बजेसम्म तिब्बत स्वायत्त प्रदेश र स छ्वान प्रान्तका उद्धार संस्थाहरूले १४८ जना उद्धारकर्तासहित १९ वटा राहत सामाग्रीले भरेको गाडी पठाइसकेको र १३६ परिवारका जम्मा १३३७ जना वासिन्दालाई हस्तान्तरण गरिसकेको छ। यसका साथै तिब्बत र स छ्वानबाट अरू ९६५ जना उद्धारकर्तासहित १५९ वटा राहत सामाग्रीका गाडी प्रकोप उद्धारका लागि तयार गरिसकेको पनि बताइएको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान