नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

पैचिङमा चिनियाँ अपाङ्ग संघको सातौँ राष्ट्रिय सम्मेलन

2018-09-14 18:30:13

        चिनियाँ अपाङ्ग संघको सातौँ राष्ट्रिय सम्मेलन आज सेप्टेम्बर चौध तारिख पैचिङमा सुरु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङलगायत पार्टी र सरकारका नेतागण सो सम्मेलनमा उपस्थित हुनुभएको छ।

    चीनका उप-प्रधानमन्त्री हान चङले चिनियाँ कम्युनिष्ट केन्द्रीय समिति र राज्य परिषदको तर्फबाट सम्बोधन गर्नुभयो। उहाँले विगत पाँच वर्षयता राष्ट्रिय विकासको नयाँ प्रकृयाका साथ चीनको अपाङ्ग कार्यको ऐतिहासिक प्रगति र स्पष्ट उपलब्धि हासिल भएको बताउँदै अपाङ्ग व्यक्तिले पाउने अनुभव र सहज जीवनको अनुभव पनि बढ्दैआएको जानकारी दिनुभयो।

    हान चङले समाजवादी आधुनिक देशको निर्माण गर्नुका साथ अपाङ्ग कार्यको आधुनिकिकरण पनि निर्माण गर्नुपर्ने भन्दै अपाङ्ग कार्यको नीति र नियम प्रणालीको सुधार गर्ने, अपाङ्गको सामाजिक संरक्षण प्रणाली र सेवा प्रणालीको निर्माण गर्ने, पहुँच वातावरण निर्माण गर्ने रहेको बताउनुभयो। उहाँले अपाङ्गको कौशल स्तर, सम्मान हितलाई बढाएर उनीहरुलाई सामाजिक तथा आर्थिक विकासको उपलब्धिमा हिस्सेदार बनाउने औँल्याउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान