रुस र अमेरिकाका विदेश मन्त्रीहरूद्वारा अमेरिकाले रुसमाथि नयाँ नाकाबन्दी लगाउने विषयबारे टेलिफोन वार्ता_china.com
नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

रुस र अमेरिकाका विदेश मन्त्रीहरूद्वारा अमेरिकाले रुसमाथि नयाँ नाकाबन्दी लगाउने विषयबारे टेलिफोन वार्ता

2018-08-11 14:48:20

अमेरिकी परराष्ट्र मन्त्री माइक पोम्पेओ र रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभले दश तारिख टेलिफोन वार्ता गर्नुभएको छ। उहाँहरूले अमेरिकाले रुसमाथि नयाँ चरणको नाकाबन्दी लगाउने विषय तथा सिरियाली परिस्थिति लगायतका विषयहरूबारे छलफल गर्नुभएको छ।

अमेरिकी परराष्ट्र मन्त्रालयका प्रवक्ता हिदर नोर्टले दश तारिख वक्तव्य प्रकाशित गर्दै परराष्ट्र मन्त्री पोम्पेओले टेलिफोनमा अमेरिकाले रुससँग सम्बन्धको सुध्रने र रुससँग निरन्तर रुपमा वार्ता गर्ने कुरा दोहोर्‍याउनुभएको कुरा बताउनुभयो।

रुसको विदेश मन्त्रालयको वेभसाइटले सोही दिन सार्वजनिक गरेको सूचनाअनुसार, अमेरिकाको प्रस्तावमा लाभरोभ र पोम्पेओले टेलिफोन वार्ता गर्नुभएको कुरा बताएको छ।

अमेरिकी परराष्ट्र मन्त्रालयले आठ तारिख जनाएअनुसार, चालू वर्षको मार्च महिनामा रुसका पूर्व गुप्तचरको बेलायतमा भएको घटनाका कारण अमेरिकाले रुसमाथि नाकाबन्दी लगाउने र सम्बन्धित नाकाबन्दी अगष्ट बाईस तारिखदेखि लागू हुनेछ। रुसको विदेश मन्त्रालयले नौ तारिख रुसमाथि नाकाबन्दी लगाउने अमेरिकाद्वारा सार्वजनिक गरिएको नयाँ चरणको कदम बमोजिम समान जवाफी कदमको रुसले पनि अनुसन्धान गर्ने बताएको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान