नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

अमेरिकाले इरानमाथि पुनः नाकाबन्दी लगाउन लागेकोमा चीन असन्तुष्ट

2018-08-11 14:46:53

अमेरिकाले इरानमाथि पुनः नाकाबन्दी लगाउन खोजेको बारे चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले अगस्ट दश तारिख पत्रकारहरूको प्रश्नको जवाफ दिंदै चीनले दृढताका साथ नाकाबन्दीको प्रतिवाद गरेको र वार्तामार्फत समस्याको समाधान गर्ने उपाय खोज्नुपर्ने पक्षमा रहेको बताउनुभएको छ।

प्रवक्ता लु खाङ्गले चीनले नाकाबन्दी र अरु मुलुकका समस्यामा हस्तक्षेप गर्ने विषयको विरोध गरेको र धेरै पटक औपचारिक रुपमा उक्त दृष्टिकोण व्यक्त गरेको बताउनुभयो। दीर्घकालदेखि चीन र इरानले आर्थिक व्यापारिक, उर्जा श्रोत आदि क्षेत्रमा खुला र पारदर्शी वाणिज्य सहयोग गरिरहेको भन्दै उहाँले यस सहयोगले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को सन्धि तथा अन्तर्राष्ट्रिय कार्यभार वहनका दिशामा चीनको वचनवद्धतामा कुनै उल्लंघन नदेखिएकोले यस सहयोगलाई सम्मान र संरक्षण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

सम्बन्धित पक्षले समान र एक अर्कालाई कदर गर्ने विचार लिइ वार्ता र परामर्श मार्फत मतभेदको समाधान गर्ने, संयुक्त रुपमा क्षेत्रीय र विश्व शान्ति र स्थिरतालाई संरक्षण गर्ने इच्छा चीनले लिएको पनि प्रवक्ता लु खाङ्गले व्यक्त गर्नुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान