नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

जाकार्ता एशियाली खेलकुदको आयोजना हुने

2018-08-10 19:35:26

अठारौं एशियाली खेलकुद अगष्ट अठार तारिखदेखि आगामी सेप्टेम्बर दुई तारिख इन्डोनेशियाको राजधानी जाकार्ता र दक्षिण सुमात्रा सदरमुकाम पालेम्बाङमा आयोजना हुने भएको छ। जाकार्ता, बैंकक र नयाँ दिल्लीपछि दोस्रो पटक एशियाली खेलकुदको आयोजना अधिकार पाएको तेस्रो राजधानी शहर हो। एशियाली खेलकुदको आयोजना हुनुअघि इन्डोनेशियाका युवा तथा खेलकुद मन्त्री इमाम नाहरावीले सी.आर.आई.लाई अन्तर्वार्ता दिनुभएको छ।

नाहरावीले आधारभूत प्रबन्ध, सुरक्षा, वातावरण, स्वास्थ्यआदि विभिन्न क्षेत्रमा इन्डोनेशियाले करीब 2 खर्ब 60 करोड अमेरिकी डलर लगाएर एशियाली खेलकुदका लागि 76 वटा रंगशाला र खेलमैदानको निर्माण गरेको कुरा बताउनुभयो।

यस पटकको एशियाली खेलकुदले 45 वटा मुलुक तथा क्षेत्रका करीब 15 हजार खेलाडी, अधिकारी, प्रशिक्षक र पर्यटकलाई आकर्षित गर्ने छ। सुरक्षा प्रत्याभूति यस पटकको एशियाली खेलकुदको महत्वपूर्ण चिन्ता बनेको छ। यसबारे नाहरावीले एशियाली खेलकुदको स्थिरताका साथ आयोजनाका लागि इन्डोनेशियाली प्रहारीले तयारी गरिसकेको जानकारी दिनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान