तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

बेइजिङमा नेपाली थाङ्का प्रदर्शनी

2018-07-10 18:24:07 CRI

बेइजिङको केन्द्रभाग पर्ने मिनशङ आर्थिक क्षेत्रमा नेपाली थाङ्का प्रदर्शनी गरिएको छ। २६ वटा नेपाली पौवा चित्र (परम्परागत नेवारी चित्र) र ६ वटा थाङ्का चित्रहरु समेटिएको सो प्रदर्शनी जुलाई ७ तारिख शनिबार सुरु भएको हो। प्रदर्शनी यही जुलाई २१ तारिखसम्म हुनेछ।

बेइजिङमा नेपाली थाङ्का प्रदर्शनी

प्रदर्शनीमा राखिएको चिनियाँ रेशमी पङ्खामा बनाइएको नेपाली पौवा चित्रले सबैको ध्यान तानेको छ। चीनमा रेशमी कपडाबाट बनाइएका पङ्‍खामा परम्परागत चित्रहरु पेन्टिङ गरिन्छ। यस्ता रेशमी पङ्‍खामा ड्रागन तथा चिनियाँ सुन्दरी युवतीको चित्र बनाउने प्रचलन निकै पुरानो हो। चीनको राजधानी बेइजिङको केन्द्रमा रहेको प्यालेस म्युजियम अर्थात्‍ फोर्बिडन सिटी दरवारभित्र यस्ता परम्परागत चिनियाँ पङ्‍खा प्रदर्शनी गरेको देख्न पाइन्छ।

बेइजिङमा नेपाली थाङ्का प्रदर्शनी

चीनमा निकै महत्व दिइने रेशमी पङ्‍खामा नेपाली पौवा चित्र बनाएर नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई नयाँ आयामबाट जोड्‍ने कलाको सिर्जना भएको छ। बेइजिङको विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट भखरै स्नातकोत्तर गर्नु भएका भक्तपुरका क्रान्ति कायस्थले चिनियाँ रेशमी पङ्‍खा किनेर नेपाल लानु भयो र नेपालका प्रख्यात पौवा चित्रकार उदयचरण श्रेष्ठ र समुन्द्रमान सिंह श्रेष्ठलाई त्यसमा पौवा चित्र बनाउन अनुरोध गर्नुभयो। श्रेष्ठद्वयले चिनियाँ रेशमी पङ्‍खामा हरिततारा अर्थात्‍ भृकुटीको पौवाचित्र बनाउनुभयो।

बेइजिङमा नेपाली थाङ्का प्रदर्शनी

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान