नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

ल्याङच्याह :ल्याङच्याहको विकास क्रान्ति --- छैंठौं भाग

2018-07-06 16:50:21

    यो एक साहित्यिक तथा गैर काल्पनिक कृति 'ल्याङच्याह' को छैंठौं भागको श्रव्य प्रस्तुति हो, जसमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको प्रारम्भिक जीवनकाल हेर्नसकिने छ। उहाँ सन् १९६९ देखि सात वर्षसम्म ल्याङच्याहमा त्यहाँका स्थानीय गाउँलेहरूसँगै मिलेर काम गर्दै बस्नुभएको थियो।

    सांस्कृतिक क्रान्तिको मध्य कालमा, सी चीनफिङका पिता सी चोङसुनलाई उनले कहिले नगरेको अपराधको भागिदार बनाइयो। उनलाई पार्टीविरूद्ध हिँडेको आरोप लगाइएको थियो। यद्यपि एक भेटरान क्रान्तिकारीको दुर्दशा उनको छोराको जीवनमा पनि गुज्रियो। 

    सीले ल्याङच्याहमा कम्युनिस्ट यूथ लिगमा आबद्ध हुन धेरै पटक प्रयास गर्नुभयो। उहाँलाई धेरै पटक फालियो र अन्ततः आठौं पटकको प्रयासमा उहाँ सफल हुनुभयो। पछि चिनियाँ कम्युनिस्ट पार्टीमा प्रवेश गर्न चाँहदा पनि उहाँलाई यस्तै गरिएको थियो। पार्टीमा प्रवेश पाउनुअघिसम्म दृढ स्वभावका सीले दश वटा आवेदन पत्र लेख्नुभएको थियो। त्यस लगत्तै उहाँ उक्त गाउँको पार्टी सचिव बन्नुभयो।

    सीको गाउँको पार्टी प्रमुख भएपछिको कदमले गाउँले आश्चर्यचकित् भएका थिए। उहाँले थिग्रिएका फोहोर माटोबाट बाँध निर्माण गर्न चाहनुभएको थियो। त्यस बाँधले ल्याङच्याह नदीको मुहाननजिकको भूमिलाई उर्वर भूमि बनाइदिन्थ्यो। शायद, यस पश्चात् ल्याङच्याहबासी कहिले भोको पेट बस्नु पर्दैन थियो। 

    गाउँलेहरूले यस बारे चर्चा गर्नथालेः चिनफिङले अन्नको उत्पादन बढाउनका लागि बाँध बनाउन चाहेका छन्, जुन निकै राम्रो कुरा हो। तर बर्षात्को समयमा पानीको मुख्यत मुहानको वहाव धेरै नै डरलाग्दो हुन्छ जुन बाँधले थाम्न सक्ने छैन। यस्तो भयो भने त हाम्रो मेहनत सबै खेर जान्छ। यसबाट टाढै बस्नु नै उचित हुन्छ।

    उनीहरू चिन्तित हुनुपर्ने कारण पनि यही हो कि वर्षात्मा नदीको मुहान ठूलो भइ बाढीको मुहान बन्ने गर्दछ। जब बाढी आउँछ, तब कुनै साधारण बाँधले थाम्न सक्ने छैन।

    त्यस बाहेक विरोधी पक्षमा अर्को नखुलाइएको विषय पनि थियो। स्थानीय वाङ परिवारको चिहान त्यहीँ थियो जहाँ बाँध बनाउन लागिएको थियो जसकारण त्यहाँबाट प्राप्त हुने फाइदाको हकदार त्यस परिवारका १२ घरपरिवार हुने थियो। 

    त्यस पछि सी गाउँमा हुने विवाह परम्परा तथा मृत्यु संस्कारका चालचलन हेर्ने वाङ सियानफिङ, जो स्थानीयद्वारा सम्मानित पनि थिए उनलाई भेट्न जानुभयो।

    तर वाङ सियानफिङलाई पनि यस योजनाबारे शंका थियोः के यो योजनाले साँच्चै काम गर्छ? उनले प्रश्न सोधे।

    सीले भन्नुभयोः मैले सबै योजना बनाइसकें। हामीले मुहानमै बाँध बनाउने छौं र यताबाट एकदमै बलियो रूपमा बाँधलाई टेवा दिने छौं। त्यस बाहेक पानी बगाउनका लागि एकदम गहिरो जलमार्ग पनि बनाउने छौं। बाँधले गृष्ममा अत्याधिक मात्रामा पानीलाई छेक्नसक्ने हुनुपर्छ, हामीलाई समस्या आउने छैन। र हामीसँग ठूलो उर्वर भूमि हुने छ।

    वाङ सियानफिङ उर्वर भूमिसँग परिचित थिएन तर उनलाई सीको योजना सम्भव छ भन्ने लाग्यो।

    अनि वाङले आफ्ना अग्रजहरू बाजे, ठूलो बुवा, काकाका साथै भाइहरूसँग एक एक गरेर भेटे।

    अन्ततः अग्रजहरूले सीलाई विश्वास गरे र भनेः चीनफिङ एक भरपर्दो मानिस हुनुहुन्छ र उहाँले यस गाउँको भलो मात्र चिताउनु हुन्छ। तपाईँ हामीभन्दा धेरै पढेको जानेको मान्छे हुनुहुन्छ। तपाईँको योजनाको हामी विरोध गर्दैनौं।

    अनि त्यस पछि ल्याङच्याहबासी सबैले बाँध बनाउने कार्य शुरू गरे। सीले आफ्ना सबै शक्ति लगाउनुभयो, निर्देशन दिनुभयो र साथै काममा हात पनि हाल्नुभयो। उहाँले स्थानीय जलस्रोत विभागका विज्ञलाई निम्त्याएर कामको सर्भेक्षण तथा मूल्याङ्कन गर्न लगाउनुभयो। उनीहरूले सय वर्षसम्मको बाढी थाम्नसक्ने बाँध निर्माण गरे र साथै जलमार्ग पनि राम्रो बनाए। 

    आज पनि बाँधसँगै निर्माण गरिएको त्यो उर्वर कृषि भूमि ल्याङच्याहमा उत्कृष्ट भूमिको रूपमा रहिरहेको छ। यो सी गाउँ पार्टी प्रमुख रहँदा गाउँलाई दिनुभएको एउटा बहुमूल्य उपहार हो।

    सन् २०१५ मा ल्याङच्याह जानुभएको बेला सीले यस ठाउँको भ्रमण गर्नुभएको थियो र धेरै बेरसम्म एकोहोरो रूपमा हेर्नुभएको थियो।

    सन् १९७४ जनवरीमा सीलाई गाउँ पार्टी सचिवमा नियुक्त गरियो। गाउँलेको जीवन सुधारका लागि सीले पिपल्स डेलीका दुई वटा विषयमा ध्यान केन्द्रति गर्नुभयो। सछ्वान प्रान्तभरि मेथेन गयाँसका भण्डारहरू निर्माण गरिएको थियो। सीले घरमा भात पकाउन र बत्तीका लागि यही प्रविधि प्रयोग गर्न सकिन्छ कि भनी सोचविचार गर्नुभयो।

    त्यस बखत, ल्याङच्याहबासीहरू कोइला ल्याउनका लागि ५० किलोमिटरभन्दा टाढाको कोइला खानी जाने गर्दथे। त्यस बाहेक धेरै लामो समयदेखि गाउँलेहरू आगो बाल्नका लागि रूख काट्ने गर्दथे, जसकारण भूक्षयको जोखिम बढ्दै गएको थियो। यदि गाउँमा मेथेन गयाँसको भण्डार भएमा गाउँलेहरुले बत्तीलगायतका लागि चिन्ता लिनुपर्ने थिएन र साथै जनशक्ति पनि धेरै उपलब्ध हुने थियो। साथसाथै मलमुत्र व्यवस्थापन गर्न र गाउँघरको स्वास्थ्यस्तर उकास्न पनि सहयोग हुने र त्यही समयमा अन्नबालीका लागि आवश्यक मल पनि उत्पादन हुने थियो। 

    सी २० किलोमिटरभन्दा बढी हिँडेर जिल्ला कार्यालयसम्म पुग्नुभयो र जिल्लाका नेताहरू समक्ष आफ्नो विचार राख्नुभयो। उहाँको योजना प्रस्ताव पारित पनि भयो र वसन्त चाडलगत्तै आफ्ना दुई कमरेडसँग पैसा उधारो लिनुभइ सीले वास्तविकता बुझ्न सछ्वानको यात्रा गर्नुभयो। 

    उक्त यात्राले सीको विचारलाई आवश्यक बल प्राप्त भयो। सछ्वानबाट फर्केपछि सीले एउटा मेथेनबाट पुग्ने फाइदाबारे जानकारी दिने विज्ञापन गीत लेख्नुभयो र गाउँभरि प्रचार प्रसार गराउनुभयो र साथै युवाहरूलाई यसको प्रयोग-परिक्षण पनि गर्न लगाउनुभयो। 

    सर्भेक्षणपछि सीले धेरै माटोले भरिएको ठाउँ रोज्नुभयो। जब ढुङ्गाको अभाव भयो, तब सी तथा गाउँले साथीहरू मिलेर उपयुक्त ढुङ्गा खोज्नका लागि खाडल खने। बालुवाको खाँचो हुँदा सी तथा युवाहरू आठ किलोमिटर टाढासम्म पुगेर बोराका बोरा बालुवा ओसारे। उनीहरूले हरेक दिन दुई पटक आफ्नो पिठ्युँमा बोकेर बालुवा ओसारे। जसबाट शरीरको पछाडिको भागका छालाहरू तासे। तर कसैले केही भनेन र चुन अपुग भएको बेला सीले अनुभवी कर्मीको सहयोगबाट चुनढुङ्गाबाट चुन निकाल्नुभयो। 

    तापनि सबैलाई उक्त काम सफल हुन्छ भन्नेमा पक्का विश्वास थिएन। के खाल्डो खनी फोहोर थुपारेर आगो लगाइदिए पुग्छ र? यस्तो सोच्नुभएको हो। यो असम्भव छ। अर्को गाउँलेले भनेः मेथेनबाट घर उज्ज्यालो बनाउनअघि कुखुरी बास्ने छ अनि भालेले अण्डा दिनेछ।

    सन् १९७४ मा सी गाउँको पार्टी सचिव हुनुभएको करिब ६ महिनपछि मेथेन भण्डारको काम अन्ततः सकियो। तर सी अझै उत्साहित हुनुभएको थिएन।

    उनीहरूले ट्याङ्कमा पाइप जडान गरे तर केही भएन।

    ट्याङ्कभित्र गुडगुड भने भइरहेको थियो, तर त्यहाँ ग्याँस हुनुपर्ने, त्यो थिएन।

    यो देखेर सी पसिनाले नित्रुक्क भिजिसक्नुभएको थियो, धेरै पटक हेरिसक्नु भएपछि जडित पाइपमा ध्यान दिनुभयो। सीले धेरै पटक पाइप पनि मिलाउनु भयो तर कुनै नतिजा आएन।

    तर अकस्मात् फोहोर झोलको छिटा बाहिरियो र उहाँको अनुहारमा पर्यो। अनि पाइपमा ग्याँस बहेको आवाज पनि आयो।

    सीले तुरून्तै आफ्नो अनुहार पुस्नुभइ पाइप पुनः जोड्नुभयो। अनि नजिकको स्टोभमा सलाई कोर्नुभयो। एक इञ्च लामो आगोको झिल्को स्टोभको वरिपरि नाच्नथाल्यो।

    यो सफलताको समाचार गाउँभरि प्रसार हुन समय लागेन र विस्तारै कम्यून हुँदै देशभरि फैलियो। यो सिर्जना हेर्न चारैतिरबाट मानिसहरू ओइरिए।

    यो नै यानछ्वान जिल्लामा बनाइएको पहिलो सफल मेथेन भण्डार थियो र यो शान्सी प्रान्तको पनि पहिलो थियो। यस सफल प्रयोगले यानआन पार्टी कमिटीका साथै यानछ्वान जिल्लाको पनि ध्यान तान्यो। तिनीहरूले मेथेन भण्डार प्रविधिलाई देशभरि फैलाउने प्रस्ताव अघि सारे र यस प्रविधि सिक्नका लागि एक प्रतिनिधि मण्डललाई सछ्वान पनि पठाए। निरिक्षणका लागि पठाइएको सात सदस्यीय टोलीमा सी चिनफिङ पनि हुनुहुन्थ्यो।

    उक्त टोलीले सिकेको कुरालाई सानो पात्रोमार्फत प्रकाशित गरी तालिम केन्द्रमा वितरण गरे। मेथेन प्रविधिको विस्तारलाई थप सहयोग गर्ने उक्त पात्रो यानछ्वान जिल्लाका लागि पाठ्यपुस्तक झैं भए।

    उक्त टोलीको अर्को उद्देश्य मेथेनको प्रयोगसम्बन्धमा पनि रह्यो। सीले सछ्वानले आविष्कार गरेको उक्त प्रविधि र घरेलु प्लास्टिकको स्वीच, पानी नाप्ने यन्त्र, बत्ती तथा पकाउने भाँडाकुँडा जस्ता साधनप्रति अलि खतरा देख्नुभयो। उहाँले यी सबै साधन पनि नमूनाको रूपमा ल्याउने विचार गर्नुभयो।

    उक्त टोलीको यात्रा पनि खतरामय नै थियो। तायी जिल्लामा भएको तालिम शिविरपछि छङ्दु फर्कने बेला पानी पर्नथालेको थियो र टोली चढेको गाडी नियन्त्रणबाहिर गइ दुर्घटना भएको थियो। १८० डिग्री कोणमा गाडी घुमी ढिस्कोमा ठोकिन पुगेको थियो झण्डै भिरबाट खसेको थियो।

    उक्त टोलीको भ्रमण सकिनैलागेको बेला, सीले तयाङ जिल्लाको बागबानी केन्द्रले डिजेल इञ्जिनको संयन्त्रलाई मेथेनबाट चल्ने बनाइ जेनेरेटरको रूपमा प्रयोग गर्दैआएको देख्नुभयो। यो देखेर सी एकदम उत्साहित हुनुभयो र त्यसको इञ्जिनियरिङ नापनक्सा नपाएसम्म त्यहीँ बस्नुभएको थियो।

    उक्त टोलीको भ्रमणसम्बन्धीको गोष्ठीपछि यानछ्वान जिल्ला कमिटीले तुरून्तै जिल्लाभरि मेथेन भण्डार बनाउने क्यम्पेन शुरू गर्यो। वनआनयी जन कम्यूनले ल्याङच्याहमा यससम्बन्धी जानकारी दिनका लागि कार्यालय नै खोल्यो र सीलाई यस प्रविधिबारे जानकारी बाँड्नका लागि नियुक्त गरियो।

    ल्याङच्याहमा ढुङ्गाको कमि हुन पुग्यो र गाउँलेहरूले मेथेन भण्डार बनाउन कच्ची माटोको इँटा प्रयोग गरे। सिमेन्टको सत्ता माटोको प्रयोग गरी ल्याङच्याहले खर्चको कटौती गर्यो। एउटा भण्डार बनाउन चार भागको एक भाग खर्च पनि बचाए। सन् १९७५ अगस्टसम्म गाउँलेहरूले ३४ वटा भण्डार बनाइसकेका थिए जसबाट ४३ घरपरिवारले खाना पकाउन र बत्ती बाल्ने सुविधा पाएको थियो।

    सन् १९७५ सेप्टम्बर ३० सम्ममा यानछ्वान जिल्लाभरिको १५ जनकम्यूनमा ३,२०० वटाभन्दा बढी मेथेन भण्डारको निर्माण गरिसकेको थियो। आजको दिनमा ल्याङच्याहबासीको पहुँचमा बिजुली छ तापनि उनीहरूले आफ्नो पहिलो मेथेन भण्डारको भग्नावशेषको संरक्षण गरिराखेका छन् जुन सी चिनफिङको नेतृत्वमा निर्माण गरिएको थियो।

    पन्ध्र वर्षपछि, जब सी फुच्येन प्रान्तको निङत जिल्लाको पार्टी प्रमुख बन्नुभएको थियो त्यस बेला उहाँले ती कामबाट गाउँमा परेको प्रभाव सम्झना गर्नुभएको थियो। “जब म ल्याङच्याहमा एउटा शिक्षित युवकको रूपमा थिएं। मैले प्रविधिको विकास र विस्तारका क्रममा मीठो स्वाद चाखें। सबै घरपरिवारले बिना दाउरा खाना पकाए र मट्टीतेलबिना नै घरलाई पनि उज्ज्यालो बनाए। उनीहरूको खुशीको मुस्कान अझै ताजै छ, मेरो मनमा। हाम्रो प्रयासले प्रविधि र राजनीति हातेमालो गरी हिँड्छ भन्ने प्रमाण जुटाएको छ। जब हामीले प्रविधिमा प्रगति गर्छौं र जीवनका समस्या सुल्झाउँछौ तब हामीले जनताको समर्थन पाउँछौं।” 

    सीले गाउँलेहरूले भोगेका यस्तै अरू समस्याबारे सम्बोधन गर्नुहुँदै यस दृष्टिकोणलाई प्रयोगमा ल्याउनुभएको थियो।

    ल्याङच्याहबाट वनआनयी जनकम्यून साढे सात किलोमिटर टाढा थियो। त्यसको अर्थ गाउँलेलाई जनकम्यूनको पसलसम्म गइ आवश्यक सरसामान किन्नका लागि पूरै एक दिन लाग्दथ्यो। यस कुराले सीलाई पनि चिन्तित बनाएको थियो र यसको समाधान खोज्ने विचार गर्नुभएको थियो।

    एक जना गाउँलेले उपकरण बनाउने सिप जानेको थियो र सीले सोच्नुभयोः किन यस्तो सिल्पकारको प्रयोग नगर्ने, उनलाई गाउँले किसानलाई आवश्यक साधन ज्याबल बनाउन देउँ? यदि उनले राम्रा ज्याबल बनाए र गाउँको आवश्यकता पनि पूरा भए भने बाकी जिल्लाको कृषि केन्द्रमा बेच्न पनि सकिने छ। यसरी गाउँलेलाई उपकरण चाहिँदा वनआनयीसम्मको यात्रा गर्नु पर्दैन। त्यसको ठाउँमा स्थानीय नकर्मीको पसल गए पुग्छ। सन् १९७४ मा मात्र ल्याङच्याहले १५०० वटा कृषि ज्याबलको उत्पादन गरेको थियो। 

    यस दृष्टिकोणलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे सोच बनाउनुहुँदै, उहाँले गाँउमा एउटा बैठकका लागि बोलाउनुभयोः “दैनिक आवश्यकता जस्तै मट्टितेल,” उहाँले भन्नुभयो, “हामीले वनआनयीबाट केही आवश्यक सरसामान यहाँ ल्याइ उनीहरूको तर्फबाट बेच्न सक्दछौं। हामीले गर्नुपर्ने मुख्य काम भनेको नियमित रूपमा हिसाबकिताब राख्नुपर्छ।” सबै गाउँलेले यस विचारको उच्च प्रशंसा गरे।

    यसरी ल्याङच्याहले दैनिक उपभोग्य वस्तुहरु मट्टितले सलाइ साबकुन नुन र मैनबत्तीहरु बेच्न थाल्यो र आफ्नै व्यापारको पद्धति पनि स्थापित गरायो। यो समयमा सी चिनफिङ २१ वर्षका मात्र हुनुहुन्थ्यो। तर उहाँले राष्ट्रिय नीतिलाई दर्‍हीसँग समाउनुभयो। त्यसकारण फलामको काम गर्ने पसलको निर्माण भयो र सामानहरु निशुल्क मर्मत गरियो र उनीहरुले काउन्टीकै पसलबाट आफ्नै सामानमा सामान बेच्न थाले। यस्तो व्यापारबाट गाउँमा कसैले पनि एक पैसा पनि बढ्ता लिएन। उनीहरुले गाउँलेहरुलाई सहज बनाइदिए र सीले यस्तो नीतिले कसैमा पनि द्वन्द्व नहुने निश्चित गर्नु भयो। सी चिनफिङ सिलाइ कार्याशाल र तरकारी बगैँचा स्थापनाका लागि जानुभयो। उहाँले मिल पनि स्थापना गर्नुभयो।

    गाउँलेहरु गहूँ पिस्नलाई सधैँ जाँतोको भर पर्दथ्ये। इन्जिनले चल्ने मिलबाट एउटै मान्छेले गाउँभरिको गहुँ पिस्न सक्थे तर त्यस्तो इन्जिन कहाँबाट ल्याउने भन्ने पश्न थियो। काउन्टीले सी चिनफिङलाई राम्रो काम गरेवापत एउटा तीनचक्के मोटरलाइकल पुरस्कार स्वरुप दिएको थियो। सीले यो अव्यवहारिक भयो भन्दा सबैजना आश्चर्यचकित भएका थिए। त्यसकारण उहाँले त्यसैबाट स्टिलको मिल र ट्र्याक्टरको व्यवस्था गर्नुभयो र मिलको स्थापना गर्नुभयो। त्यसैगरी उहाँले गाउँमा इनार खन्ने कुरामा पनि गाउँलेहरुको नेतृत्व गर्नुभयो। पल्लो शान्षी प्रान्तको उत्तरी भागका मानिसहरु त्यतिबेलासम्म नदीको छेउमा खनेर पानी निकाल्थे र त्यही पानी पिउने गर्दथे। गाउँलेमात्र होइन जसले पनि जमिनबाट तानेको पानी जस्ताको जस्तै पिउँथे। गाउँहरुको भनाइ सुनेपछि सीले गाउँको बिचमा इनार खन्ने निर्णय गर्नुभयो। ल्याङच्याहका मानिसले अहिले पनि सम्झन्छन् एक मिटर गहिरो खाल्डो बनाएर त्यहीँ बस्दै इनार खान्ने काम भएको थियो। सी प्रायजस्तो खाल्डोभित्रै बसेर काम गर्नुहुन्थ्यो र इनार नसिध्याउन्जेल उहाँको लुगाहरु सधैँ फोहोर हुन्थ्यो। आज ल्याङच्याहका सबै घरहरुमा त्यही इनारबाट पानीको पाइप जोडिएको छ।

    धेरैजसो गाउँहरु निरक्षर थिए। सी चिनफिङले उनीहरुलाई पढ्न र ज्ञान आर्जन गर्नमा प्रोत्साहित गर्नुभयो। पार्टीको बैठकमा उहाँ भन्नुहुन्थ्यो: “युवाहरुले पढेनन् भने उनीहरुको भविष्य छैन। हामी कक्षा सुरु गरौँ र सबैलाई पढ्न सक्ने बनाऔँ।” उहाँको यो प्रस्ताव लोकप्रिय थियो र चाँडै नै बेलुकाको खानपछि रातिको कक्षा सुरु भयो। जब ठूलो वर्षाभएर बाहिर काम गर्न बाधा हुन्थ्यो तब गाउँलेहरु पढ्न थालिहाल्थे। धेरै मान्छेहरु किताबलाई अत्यधिक माया गर्ने भएका थिए।

    त्यतिमात्र होइन त्यस्ता कक्षाहरु मान्छेलाई आफ्ना कथा र ज्ञान आदानप्रदान गर्ने अवसर पनि बन्यो। सी गाउँलेहरुसँग इतिहास र भूगोलको कुरा गर्नुहुन्नथ्यो तर गाउँलेहरु आफ्ना लघुकथा र लोकसाहित्यकाबारेमा बताउँथे।

    सन् १९६९ को अन्तमा एकजना शिक्षित युवा वाङ यानसङ सैनिकमा भर्ना हुनका लागि गाउँ छोड्नुभयो। धेरैजसो शिक्षित युवाले वाङकै पदचाप पछ्याउँदै ल्याङच्याह छोड्न थाले। सहरमा उनीहरुको पुनरागमनको ढोका खुल्ला गरिएको थियो। सन् १९७१ मा चीनले उद्योगमा काम गर्न, सरकारी सेवा गर्न, विश्वविद्यालय पढ्न र सैनिकमा भर्ना लिनका लागि शिक्षित युवाबाट छनोट गर्ने नीति ल्यायो। हरेक वर्ष हजारभन्दा बढी युवाले यानआन छोडेर त्यस्ता पेशा लिए।

    सन् १९७३ मा सी चिनफिङले पनि कलेज पढ्ने बिचार गर्नुभयो। सधैँ पढिरहने आफ्नो रुचि अनुसार उहाँले छिङ्ह्वा विश्वविद्यालयमा प्रवेश परीक्षा दिनुभयो र विश्वविद्यालयले उहाँलाई भर्ना गर्नका लागि स्वीकार पनि गर्‍यो। तर यो ठीक भएन किनभने उहाँ कथित प्रतिक्रियावादीको छोरा हुनुहुन्थ्यो र उहाँलाई विश्वविद्यालय पढ्नबाट बन्चित गरियो।

    अर्को वर्ष सन् १९७४ मा बेइजिङबाट ल्याङच्याहमा आएका युवाहरुमा सी चिनफिङ एकजना मात्र बाँकी रहनुभयो।

    सन् १९७५ मा उहाँले विश्वविद्यालय प्रवेशको अर्को परीक्षा दिनुभयो। जब उहाँले आवेदनपत्र भर्नु भयो जहाँ आफू कुन विश्वविद्यालयमा पढ्ने भनेर प्राथमिकताका तीन विश्वविद्यालयमा उहाँले छिङ्ह्वा विश्वविद्यालयमा सबैभन्दा माथि राख्नुभएको थियो। उहाँको यो आवेदनपत्रसँगै लुवोयाङको उद्योगले एउटा पत्र लेखेको थियो। यो उद्योगमा सी चिनफिङका बुबा सी चोङसुन काम गर्नुहुन्थ्यो। सो पत्रमा लेखिएको थियो: सी चोङसुनको मुद्दाले जनतामा विरोधाभास निम्त्याएको छ र यसले उनका सन्तालाई शिक्षामा बन्देज लगाउनुपर्छ भन्ने छैन।”

    यही पत्रले सीका लागि नयाँ ढोका खुल्यो र उहाँ छिङ्ह्वा विश्वविद्यालयमा भर्ना हुन सफल हुनुभयो।

    ल्याङच्याह छोड्ने अघिल्लो रात सी चिनफिङले गाउँहरुको बैठक बोलाउनुभयो। सो रातको बैठकमा सी चिनफिङले भनेको कुरा सम्झँदै सी छुनयाङ भन्नुहुन्छ “म ल्याङच्याहमा सात बर्ष बसेँ र मैले धेरै सिकेँ। यहाँका मानिसले मलाई रेखदेख गरे। सहयोग गरे र समुदायमा समिश्रण गराए। यहीँबाट म युथ लिग र कम्युनिष्ट पार्टीको सदस्य बनेँ। अनि उनीहरुले मलाई पार्टी प्रमुख पनि बनाए। आज म शहरको शैक्षिक संस्थाको यात्रा सुरु गर्दैछु तर म ल्याङच्याहका हरेक कुराहरु सधैँ सम्झिरहनेछु जसले मेरो बाँकी जीबन बताएका छन्।”

    सी चिनफिङले भन्नुभयो “गाउँको असल प्रमुख हुनु भनेको तिमीले सबैलाई समान व्यवहार गर्नुपर्छ। निडर हुनु नै मानिसको ठूलो मान्यता हो र जो निश्पक्ष छ उसैले सबैको हृदय जित्छ। जतिसुकै ठूला हल्ला भए पनि अथवा ठूला परियोजना भए पनि त्यस्तालाई समाप्त बनाउने काम नै निश्पक्ष र स्पष्ट हुनु हो।”

    त्यो रात सीले निकै ढिलासम्म गाउँलेहरुसँग कुरा गरेकाले अर्को बिहान उहाँ अबेर उठ्नुभयो। जब उहाँ आफ्नो गुफा घरबाट बाहिर निस्कनुभयो गल्लीभरि गाउँलेहरु उभिएका थिए। सम्पूर्ण गाउँलेका हातमा खजुर र कोदो थियो। उनीहरु मौन रहेर सी चिनफिङलाई पर्खिरहेका थिए।

    सी चिनफिङका आँखाबाट बलिन्द्रधारा आँशु बगे। उहाँ पहिलोपटक अन्य मान्छेका अगाडि रुनुभयो। त्यो दिन पहाडमा काम गर्नका लागि कोहीपनि गएन। गाउँलेहरु पङ्तिबद्ध भएर सीको विदाइमा केही माइल्ससम्म सीको पछिपछि हिँडे।

    धेरै वर्षपछि सीले फेरि ल्याङच्याहलाई हेर्न चाहनुको कारण यही भावनात्मक सम्बन्ध मुख्य थियो। “मैले ल्याङच्याहबाट थुप्रै शिक्षा पाएको छु। मैले व्यवहारिकता सिकेँ, मैले यथार्थता सिकेँ, र मैले मान्छेका बारेमा जान्ने मौका पाएँ। अनुभवले मेरो आत्मविश्वालाई पनि बढायो। जब मैले जीवनमा चुनौतिको सामना गर्थेँ, मैले सोचेँ अप्ठ्याराहरुसँग भिड्नु नै काममा उपलब्धि प्राप्त गर्नुहो। यो मेरा लागि धेरै सहयोगी बन्यो। जब कुनै मान्छेले कुनै चुनौति भेट्छ त्यस्ता चुनौतिले उसलाई अगाडि बढाउँछ पनि।”

    “१५ वर्षको उमेरमा जब म पहेँलो पृथ्वीको सिरानमा थिएँ, मैले मेरो जीवनको अनिश्चितता पनि त्यागेँ। २२ वर्षको उमेरमा जब मैले यो ठाउँ छोडेँ, मैले मेरो जीवनको लक्ष्य पत्ता लगाएँ र त्यसलाई भेट्ने आत्मविश्वास पनि पाएँ। मेरो कार्यजीवन भनेकै जनताको सेवा गर्नु हो। जनतासँगै काम गर्ने र उनीहरुको सेवा गर्ने व्यवहारिक ज्ञानको प्रतिवद्धतालाई मैले अपनाएँ। त्यो वर्ष जब मैले ल्याङच्याह छोडेँ तर मेरो मुटु सधैँ यहीँका मान्छेसँगै रह्यो।”


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान