तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चिनियाँ सेनाद्वारा मङ्गोलियामा ‘खहान थानस्वो-2018’संयुक्त सैनिक अभ्यासमा सहभागिता

2018-06-13 19:34:02

    मङ्गोलियाको निमन्त्रणामा, चिनियाँ सेनाले त्यहाँ 'खहान थानस्वो-2018'नामक सुरक्षा सम्बन्धी संयुक्त सैनिक अभ्यास भाग लिँदैछ। यसका लागि पैंतीस जना जवान जुन एघार तारिख चाङ्ग च्या खौ विमानस्थलबाट मङ्गोलियातर्फ प्रस्थान गरेका छन्।

    यस पटकको संयुक्त सैन्य अभ्यास भोलि चौध तारिख मङ्गोलियाको राजधानी उलानबटारमा आयोजित भएर दुई सातासम्म चल्ने छ। चीन, मङ्गोलिया, अमेरिका, कम्बोडिया, जापान, नेपाल, बङ्गलादेश आदि 52वटा मुलुकले यसमा भाग लिएका छन्।

    थाहा भए अनुसार, 'खहान थानस्वो'नामक सैनिक अभ्यासले मङ्गोलियाले सन् 2003 देखि हरेक वर्ष आयोजना गर्दै आएको छ। सन्2006देखि अभ्यासलाई सुरक्षा संरक्षणमा बहुमुलुक सम्मिलित अभ्यासका रूपमा विस्तृत पारिएको हो। केहि वर्षयता उक्त संयुक्त सैनिक अभ्यास क्षेत्रीय विभिन्न मुलुकको सैनिक आदानप्रदान गर्ने महत्वपूर्ण चौतारो बनेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान