नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

अमेरिकी विदेश मन्त्रीले चीनको भ्रमण गर्ने

2018-06-13 19:31:58

    अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले भोलि जुन चौध तारिख चीनको भ्रमण गरी अमेरिका तथा उत्तर कोरियाका नेताहरुबीच सिंगापुरमा भएको भेट-वार्ताको अवस्थाबारे चीनलाई जानकारी दिनुहुने कार्यक्रम छ।

    चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। अमेरिकी विदेश मन्त्रीको पदमा बस्नुभएदेखि पोम्पेओले चीनको भ्रमण गर्न लागेको यो पहिलो पटक हो। प्रवक्ता कङ श्वाङले यस पटकको भ्रमण हाल चीन र अमेरिकाका उच्च तह बीचको एउटा महत्वपूर्ण आदान-प्रदान भएको बताउनुभयो। दुई वटा ठूला मुलुकको रुपमा चीन र अमेरिकाबीचको सम्बन्धको स्वस्थ तथा स्थिर विकासको कायम दुई पक्षको संयुक्त हित मात्र नभई विश्वको हित अनुकूल रहेको र त्यो अन्तर्राष्ट्रिय समुदायको अपेक्षामा रहेको कुरा पनि कङ श्वाडले प्रकट गर्नुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान