नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सी र किम बीच भेटवार्ता

2018-03-28 13:02:43 CRI

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा उत्तर कोरियाली रोतुङ पार्टीका अध्यक्ष एवम् राज्य परिषदका अध्यक्ष किम जोङ उनले मार्च २५ देखि २८ सम्म चीनको अनौपचारिक भ्रमण गर्नुभएको छ।

भेट-वार्तामा सीले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको तर्फबाट चीनको पहिलो भ्रमणमा आउनुभएको किम जोङ उनको हार्दिक स्वागत गर्नुभएको छ। सीले अगाडि भन्नुभएको छः तपाईँको यस चीन भ्रमणको अवधि निकै विशेष र अर्थपूर्ण रहेको छ र यस भ्रमणबाट अध्यक्ष किम तथा रो तुङ पार्टीको केन्द्रिय समितिले दुई पार्टी र दुई देश बीचको सम्बन्धमा दिएको ठूलो महत्व प्रतिबिम्बित भएको छ। यसको उच्च मूल्याङ्कन गर्दछौं।

भेट-वार्तामा किमले भन्नुभएको छः गत वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनको सफल आयोजना भएको छ। केही समयअघि दुईटा अधिवेशन पनि सफलताका साथ सम्पन्न भएको छ। कमरेड सी सम्पूर्ण पार्टी तथा जनताको मायाको नेतृत्व बिन्दु बन्दै राष्ट्राध्यक्ष तथा केन्द्रिय सैन्य आयोगका अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ। उत्तर कोरिया-चीन मैत्रीपूर्ण परम्परा बमोजिम, म चीनमा आएर तपाईँसमक्ष बधाई दिनु स्वाभाविक कुरा हो। कोरियाली प्रायद्वीपको वर्तमान परिस्थिति द्रुत गतिले अघि बढेको हाराहारीमा कतिपय महत्वपूर्ण परिवर्तन देखा परेका छन्। भावनात्मक र नैतिकताको दृष्टिकोणबाट मैले महासचिव सी समक्ष समयमै सम्बन्धित अवस्थाबारे जानकारी दिनुपर्छ।

राष्ट्राध्यक्ष सी चिन फिङले चीन र उत्तर कोरियाको परम्परागत मित्रता दुई पार्टी तथा दुई मुलुकका पुराना पुस्ताका नेताहरूले हुर्काएर बनाएको दुई पक्षीय साझा अमूल्य सम्पदा भएको बताउनुभयो। राष्ट्राध्यक्ष सीले दुई पक्षले धेरै पटकमा प्रतिवद्धता गरेको चीन-उत्तर कोरिया परम्परागत मित्रतालाई निरन्तर रुपमा प्रसार गर्दै जानुपर्ने बताउँदै अझ बढी राम्ररी विकास भएमा यसले दुई पक्षीय इतिहास र वास्तविकताको आधारमा, अन्तर्राष्ट्रिय परिस्थिति र चीन उत्तर कोरियाको सम्बन्धको अवस्थाबाट निर्णय गरेको रणनैतिक छनौट हुनुका साथै एक मात्रै सही छनौट गरेको बताउनुभयो। यस छनौट केही समय वा केही कुराका कारणले परिवर्तन गर्न नसक्ने पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान