नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सी र किम बीच भेट-वार्ता

2018-03-28 13:21:44 CRI

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा उत्तर कोरियाली रोतुङ पार्टीका अध्यक्ष एवम् राज्य परिषदका अध्यक्ष किम जोङ उनले मार्च २५ देखि २८ सम्म चीनको अनौपचारिक भ्रमण गर्नुभएको छ।

भ्रमणताका सीले जनबृहत्त सभा भवनमा किमसँग वार्ता गर्नुभएको थियो। साथै महासचिव सी तथा श्रीमती फङले अध्यक्ष किम र उहाँकी श्रीमतीका लागि स्वागत समारोहको पनि आयोजना गर्नुभएको थियो। साथै उहाँहरूले सांस्कृतिक कार्यक्रम पनि अवलोकन गर्नुभएको थियो।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य एवम् प्रधानमन्त्री ली ख छ्याङ, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य एवम् केन्द्रिय सचिवालयका सचिव वाङ हु निङ, चीनका उप-राष्ट्राध्यक्ष वाङ छी शान पनि उक्त कार्यक्रमहरूमा उपस्थित हुनु भएको थियो।

भेट-वार्तामा सीले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको तर्फबाट चीनको पहिलो भ्रमणमा आउनुभएको किम जोङ उनको हार्दिक स्वागत गर्नुभएको छ। सीले अगाडि भन्नुभएको छः तपाईंले चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनपछि पार्टीको महासचिवको पदमा पुनः निर्वाचित भएको र पार्टीको केन्द्रिय सैन्य आयोगका अध्यक्षको पदमा नियुक्त भएकोमा मलाई बधाइ सन्देश पठाउनुभयो र केही दिनअघि राष्ट्राध्यक्ष तथा केन्द्रिय सैन्य आयोगका अध्यक्षको पदमा पुनः निर्वाचित भएकोमा सबैभन्दा पहिले बधाइ सन्देश पठाउनुभयो। ती बधाइ सन्देशको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु। तपाईँको यस चीन भ्रमणको अवधि निकै विशेष र अर्थपूर्ण रहेको छ र यस भ्रमणबाट अध्यक्ष किम तथा रो तुङ पार्टीको केन्द्रिय समितिले दुई पार्टी र दुई देश बीचको सम्बन्धमा दिएको ठूलो महत्व प्रतिबिम्बित भएको छ। यसको उच्च मूल्याङ्कन गर्दछौं।

भेट-वार्तामा किमले भन्नुभएको छः बितेका समयमा चीनमा ठूल्ठुला राम्रा तथा सुखद घटनाहरू निरन्तर भैरहेका छन्। गत वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनको सफल आयोजना भएको छ। केही समयअघि दुईटा अधिवेशन पनि सफलताका साथ सम्पन्न भएको छ। कमरेड सी सम्पूर्ण पार्टी तथा जनताको मायाको नेतृत्व बिन्दु बन्दै राष्ट्राध्यक्ष तथा केन्द्रिय सैन्य आयोगका अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ। उत्तर कोरिया-चीन मैत्रीपूर्ण परम्परा बमोजिम, म चीनमा आएर तपाईँसमक्ष बधाई दिनु स्वाभाविक कुरा हो। कोरियाली प्रायद्वीपको वर्तमान परिस्थिति द्रुत गतिले अघि बढेको हाराहारीमा कतिपय महत्वपूर्ण परिवर्तन देखा परेका छन्। भावनात्मक र नैतिकताको दृष्टिकोणबाट मैले महासचिव सी समक्ष समयमै सम्बन्धित अवस्थाबारे जानकारी दिनुपर्छ।

राष्ट्राध्यक्ष सी चिन फिङले चीन र उत्तर कोरियाको परम्परागत मित्रता दुई पार्टी तथा दुई मुलुकका पुराना पुस्ताका नेताहरूले हुर्काएर बनाएको दुई पक्षीय साझा अमूल्य सम्पदा भएको बताउनुभयो।

इतिहासको सिंहावलोकन गर्दा हाम्रा पुराना पुस्ताका नेतागणले साझा सपना र गहिरो क्रान्तिकारी मित्रतालाई लिएर, एकअर्कामाथि विश्वास र समर्थन गरेको भन्दै सीले यसले अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा एउटा राम्रो कथा लेखेको उल्लेख गर्नुभयो।

चीन र उत्तर कोरियाका केही पुस्ताका नेतागणले घनिष्ठ आदानप्रदानलाई कायम राखेको बताउँदै उहाँले नातेदार जस्तै आपसी भ्रमण गरिरहेको र दीर्घकालदेखि चीन र उत्तर कोरियाका दुई पार्टी तथा दुई मुलुकले एकअर्कालाई समर्थन, सहकार्य र समाजवादी विकासमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो।

राष्ट्राध्यक्ष सीले दुई पक्षले धेरै पटकमा प्रतिवद्धता गरेको चीन-उत्तर कोरिया परम्परागत मित्रतालाई निरन्तर रुपमा प्रसार गर्दै जानुपर्ने बताउँदै अझ बढी राम्ररी विकास भएमा यसले दुई पक्षीय इतिहास र वास्तविकताको आधारमा, अन्तर्राष्ट्रिय परिस्थिति र चीन उत्तर कोरियाको सम्बन्धको अवस्थाबाट निर्णय गरेको रणनैतिक छनौट हुनुका साथै एक मात्रै सही छनौट गरेको बताउनुभयो। यस छनौट केही समय वा केही कुराका कारणले परिवर्तन गर्न नसक्ने पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो।

राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले उच्च रुपमा चीन र उत्तर कोरियाको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धमा ध्यान दिएर यस सम्बन्धलाई संरक्षण गर्ने, सुदृढ पार्ने, विकसित पार्ने सधैं नै चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले दृढताका साथ पालना गर्ने नीति रहेको सुनाउनुभयो।

उहाँले भन्नुभयोः हामी र उत्तर कोरियाका सबै विश्वासी साथीहरू सँगसँगै प्राथमिक आशालाई नबिर्सने, हातमा हात मिलाएर अगाडि बढ्ने, चीन र उत्तर कोरियाबीचको सम्बन्ध दीर्घकालसम्म स्वस्थ र स्थिर रुपमा विकास गर्ने, दुई मुलुक र दुई मुलुकका जनतामा हित कल्याण पुर्याउने, क्षेत्रीय शान्ति र स्थिर विकासमा नयाँ योगदान दिनुपर्छ।

पहिलो भनेको उच्चस्तरिय आदानप्रदानले निर्वाह गरेको नेतृत्वदायी भूमिकालाई निर्वाह गर्दै जानुपर्नेछ। उच्चस्तरिय आदानप्रदानले चीन र उत्तर कोरिया सम्बन्धको विकासमा इतिहासकालदेखि नै सबैभन्दा महत्वपूर्ण नेतृत्व र प्रवर्द्धनको भूमिका निर्वाह गरिरहेको छ।

राष्ट्राध्यक्ष सीले थप्नुभयोः नयाँ परिस्थितिमा मैले तपाईंसँग आपसी भ्रमण गर्ने, आपसी विशेषदूतलाई पठाउने, एकअर्कालाई चिठी पठाउने आदि उपायमार्फत निरन्तर सम्पर्कलाई कायम राख्नेछु। दोस्रो भनेको रणनैतिक मध्यस्थताको परम्परागत उपायको राम्ररी प्रयोग गर्नुपर्छ, दुई पक्षले महत्वपूर्ण समस्यामा गहिरो रुपमा वैचारिक आदानप्रदान गर्नुपर्छ र यो नै चीन र उत्तर कोरियाका दुई पार्टीबीचको गौरवशाली परम्परा हो।

पार्टी बीचको आदान-प्रदानको महत्वपूर्ण भूमिका पूर्ण रुपमा निर्वाह गर्नुपर्नेछ, दुई देशका विभिन्न क्षेत्र बीचका आदान-प्रदान तथा सहयोगलाई अघि बढाउनु पर्नेछ र आपसी सम्पर्क तथा विश्वासलाई सबल पार्नुपर्नेछ। तेस्रो कुरा भनेको शान्ति तथा विकासलाई सक्रियताका साथ अघि बढाउने हो। अहिले चिनियाँ विशेषतायुक्त समाजवादले नयाँ युगमा प्रवेश गरिसकेको छ भने प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको निर्माणले पनि नयाँ ऐतिहासिक युगमा प्रवेश गरिसकेको छ। प्रजातान्त्रिक जन गणतन्त्र कोरियासँगै मिलेर युगसँग अनुकूल भएर शान्ति, विकास, सहयोग तथा संयुक्त विजय भन्ने झण्डा उठाएर दुई देशका जनताको हित-कल्याण बढाउन तथा यस क्षेत्रका शान्ति, स्थिरता तथा विकासका लागि सकारात्मक योगदान पुर्‍याउन हामी इच्छुक रहेका छौं। र चौथो कुरा चीन- प्रजातान्त्रिक जन गणतन्त्र कोरियाबीचको मित्रताको जनमत आधारलाई दरिलो पार्ने हो। दुवै पक्षले विभिन्न किसिममार्फत दुई देशका जनता बीचको आवत-जावतलाई सबल पार्नुका साथै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धको जनमत आधारलाई सुदृढ पार्नुपर्नेछ, विशेष गरी दुई देशका युवा पुस्ता बीचका आदान-प्रदानलाई सबल पार्नुपर्नेछ, चीन र प्रजातान्त्रिक जन गणतन्त्र कोरिया बीचको मित्रताको परम्पराको निरन्तरता दिनुका साथै त्यसको विकास गर्नुपर्नेछ।

त्यसै गरी किम जोङ उनले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले प्रजातान्त्रिक जन गणतन्त्र कोरिया-चीन मित्रता तथा प्रजातान्त्रिक जन गणतन्त्र कोरिया-चीन सम्बन्ध र प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको श्रम पार्टी तथा चिनियाँ कम्युनिष्ट पार्टीको विकासबारे महत्वपूर्ण राय-सुझाव प्रस्तुत गर्नुभएको कुराबाट आफू धेरै प्रोत्साहित भएको किम जोङ उनले बताउनुभएको छ। किम जोङ उनले दुवै पक्षका पूराना पुस्ताका नेताहरुले स्थापना गरेको प्रजातान्त्रिक जन गणतन्त्र कोरिया-चीन मित्रतालाई परिवर्तन गर्नसकिँदैन भन्दै नयाँ परिस्थितिमा प्रजातान्त्रिक जन गणतन्त्र कोरिया-चीन मित्रतालाई निरन्तरता दिनु र त्यसको विकास गर्नु प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको रणनीतिक छनौट हो र कुनै पनि हालतमा त्यसलाई परिवर्तन नगर्ने भन्नुभयो। किम जोङ उनले आफ्नो यस पटकको चीनको भ्रमणको अवधिमा चीनका कमरेडहरुसँग भेट गर्ने, रणनीतिक सम्पर्कलाई सबल पार्ने तथा परम्परागत मित्रतालाई गहन पार्ने आशा व्यक्त गर्नुभयो। यसका साथै अब उपरान्त चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङसँग सधैं भेटघाट गर्नसक्ने ,एक-अर्कालाई विशेष दूत पठाउने तथा आफैंले लेखेको पत्र लगायत तरिकामार्फत घनिष्ठ सम्पर्क गर्नसक्ने र दुई पार्टी तथा दुई मुलुक बीचको सम्बन्धप्रति उच्च तहको नेतृत्वको विकासलाई नयाँ स्तरमा पुर्‍याउनसक्ने आशा पनि किम जोङ उनले प्रकट गर्नुभयो।

दुई पक्षले स्वदेशको परिस्थितिबारे जानकारी दिएका छन्। सी चिन फिङले भन्नुभयो, चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशनले समाजवादी अत्याधुनिक मुलुकको निर्माण सम्बन्धी महान योजनाको तर्जुमा गरेको छ। जसका अनुसार, सन् 2020सम्म चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण पूरा गरिनेछ भने सन् 2035सम्म समाजवादी आधुनिकीकरणलाई आधारभूत रुपमा पूरा गरिनेछ। र यस शताब्दीको मध्यकालमा चीनलाई एउटा शक्तिशाली, प्रजातान्त्रिक, सभ्य, मेलमिलापयुक्त तथा सुन्दर समाजवादी आधुनिक शक्तिशाली मुलुकको निर्माण गरिनेछ। हाम्रो चिनियाँ कम्युनिष्ट पार्टीले चीनका विभिन्न जातिका जनताको नेतृत्व गरी गरी चीन राष्ट्रको पुन:उत्थान सम्बन्धी चिनियाँ सपनालाई सफलताका साथ पूरा गर्नका लागि अथक प्रयास गर्नेछ। प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको श्रम पार्टीका अध्यक्ष कमरेड किम जोङ उनले प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको श्रम पार्टी तथा प्रजातान्त्रिक जन गणतन्त्र कोरियाका जनताको नेतृत्व गरी आर्थिक विकास, सर्वसाधारणको जीवनयापन स्तरमा सुधार गर्ने पक्षमा अनेकन् कदम चालेर धेरै उपलव्धी हासिल गरेको कुरामा हाम्रो ध्यानाकर्षण भएको छ। प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको राजनीतिक परिस्थिति स्थिर हुने, आर्थिक विकास हुने तथा जनताको जीवन सुखमय हुने आशा हामीले गरेका छौं। प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको श्रम पार्टीका अध्यक्ष किम जोङ उनको नेतृत्वमा रहेको श्रम पार्टीले प्रजातान्त्रिक जन गणतन्त्र कोरियाका जनतालाई नेतृत्व गरी समाजवादी मार्गतर्फ अघि बढ्दै जाने तथा आर्थिक विकास तथा जनताको जीवनयापन स्तरमा सुधार गर्नका लागि प्रजातान्त्रिक जन गणतन्त्र कोरियाका कमरेडहरुको सक्रिय कोशिशको समर्थन हामीले गरेका छौं।

किम जोङ उनका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको 18औं महाधिवेशनदेखि सी चिन फिङको नेतृत्वमा रहेको पार्टीको केन्द्रिय समितिले ठूलो राजनीतिक साहस र उच्च जिम्मेवारी भावनामार्फत नयाँ विचार र सिद्धान्त प्रस्तुत गरी व्यवहारमा उतारेको छ। जसले दीर्घकाल रूपमा बाँकी रहेका गम्भिर मामिलाका समस्याको समाधान गरेको छ। जसबाट चिनियाँ पार्टीको मार्ग राष्ट्रिय अवस्थासँग मिलेको उचित मार्ग भएको प्रमाणित गरिएको छ। विशेष गरी कमरेड महासचिवले पार्टीले पार्टीको शासन गर्नु पर्छ र चौतर्फी रुपमा पार्टीको कडा व्यवस्था गर्नुपर्छ भन्ने विचार प्रस्तुत गर्नुभयो। जसले पार्टीको निर्माणलाई सबल पार्नुका साथै विविध कार्यमा पार्टीको चौतर्फी नेतृत्वलाई साकार तुल्याएको छ। साथै हाल उत्तर कोरियामा आफ्नो पार्टीको प्रयासमा बेरोजगारी र भ्रष्टाचार गतिविधिको विरोध गरिरहेको किम जोङ उनले बताउनुभएको छ। चौतर्फी रुपमा विपन्न समाजको निर्माण र समाजवादी आधुनिक बलियो देशको निर्माणमा चीनले निरन्तर नयाँ उपलब्धि हासिल गर्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभएको छ।

दुई पक्षले अन्तर्राष्ट्रिय तथा कोरियाली प्रायद्वीपको परिस्थितिबारे गहिरो रुपमा वैचारिक आदान-प्रदान गरेका छन्।

चालू वर्षयता कोरियाली प्रायद्वीपको परिस्थितिमा सक्रिय परिवर्तन देखिएको सी चिन फिङ बताउनुभएको छ। सी चिन फिङले अगाडि भन्नुभयो - त्यसका लागि उत्तर कोरियाले महत्वपूर्ण प्रयास गरेको र उक्त कुराको चीनले प्रशंसा गरेको छ। कोरियाली प्रायद्वीपलाई आणविक अस्त्ररहित क्षेत्र बनाउने, प्रायद्वीपको शान्ति तथा स्थीरताको सुरक्षा गर्ने र वार्ता तथा सल्लाहबाट समस्याको समाधान गर्ने अडान चीनले लागू गरेको छ। चीनले विभिन्न पक्षसँग उत्तर तथा दक्षिण कोरियाबीच सम्बन्धको सुधारलाई समर्थन दिन र वार्ताका लागि साझा प्रयास गर्न आह्वान गरेको छ। प्रायद्वीप मामिलामा चीनले निरन्तर रुपमा रचनात्मक भूमिका खेलेर उत्तर कोरियालगायत विभिन्न पक्षसँगको प्रयासमा प्रायद्वीपको परिस्थितिलाई सहज पार्ने इच्छा लिएको छ।

प्रत्युत्तरमा वर्तमान कोरियाली प्रायद्वीपको परिस्थिति राम्रो दिशातर्फविकसित भइरहेको किम जोङ उनले बताउनुभएको छ। सक्रिय रुपमा कदम चालेर तनावपूर्ण परिस्थितिलाई शिथिल पार्नुका साथै शान्ति-वार्ता गर्ने सुझाव प्रस्तुत गरेको पनि किम जोङ उन भन्नुभएको छ। किम जोङ उनले भन्नुभयो - राष्ट्राध्यक्ष किम एल सुंग र महासचिव किम जोंग इलको आदेशअनुसार, कोरियाली प्रायद्वीपलाई आणविक अस्त्ररहित क्षेत्र बनाउनु हाम्रो अविच्छिन्न अडान हो। हामीले उत्तर तथा दक्षिण कोरियाको सम्बन्धलाई सहमति तथा सहयोगमा अगाडि बढाउने अठोट गरेर उत्तर-दक्षिण शिखर वार्ता गर्नेछौं। हामीले अमेरिकासँग वार्ता गरेर उत्तर कोरिया र अमेरिकाबीचको शिखर वार्ताको आयोजना गर्ने इच्छा लिएका छौं। यदि दक्षिण कोरिया र अमेरिकाले हाम्रो प्रयासलाई सकारात्मक जवाफ दिएर शान्तिपूर्ण तथा स्थीर वार्ताको तयारी गरी शान्तिका लागि चरणगत तथा समिकरण कदम चालेमा कोरियाली प्रायद्वीपलाई आणविक अस्त्ररहित क्षेत्र बनाउन सकिन्छ। सो क्रममा चीनसँग रणनैतिक आदान-प्रदानलाई सबल पारेर सल्लाह तथा वार्ताको प्रवृत्ति र प्रायद्वीपको शान्ति तथा स्थीरताको साझा सुरक्षा गर्ने आशा किम जोङ उनले गर्नुभएको छ।

वार्ताअघि सी चिन फिङले जनवृहत सभा भवनको उत्तरी हलमा किम जोङ उनका लागि स्वागत समारोहको आयोजना गर्नुभएको छ।

वार्तापछि सी चिन फिङ तथा श्रीमती फङ ली युआनले किम जोङ उन तथा श्रीमती रि सोल जुका लागि स्वागत रात्री भोजको आयोजना गर्नुभएको छ। राष्ट्राध्यक्ष सी चिन फिङले आफ्नो मन्तव्यमा बोल्दै यो वसन्त ऋतुमा सबै कुरा उठेको रमणीय समयमा दुई पक्षको गहन आदानप्रदान, सहयोगको सबल तथा प्रबर्द्धन गर्नका लागि किम जोङ उन तथा श्रीमती रि सोल जुको चीनको अनौपचारिक भ्रमणको एकदमै महत्वपूर्ण अर्थ रहेको बताउनुभएको छ। साथै यस पल्टको भ्रमणले नयाँ ऐतिहासिक कालमा दुई पार्टी तथा दुई मुलुक बीचको सम्बन्धको नयाँ सिँढी चढ्न तथा क्षेत्रीय शान्ति, स्थीरता र विकासका लागि महत्वपूर्ण योगदान हुने पनि व्यक्त गर्नुभएको छ।

सी चिन फिङले भन्नुभयो - भर्खरै मैले अध्यक्ष किम जोङ उनसँग सदिच्छापूर्ण तथा मैत्रिपूर्ण वार्ताको आयोजना गरेको छु। चीन-उत्तर कोरिया परम्परागत मित्रतालाई बढाउने तथा प्रचारप्रसार गर्ने कुरा दुई पक्षको साझा हितसित मेल खाने र दुई पक्षको साझा रणनैतिक छनौट भएको कुराप्रति दुई पक्ष बीचमा सहमत भएको छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्थितिमा आइरहेको परिवर्तनलाई नियालेर हामीले विश्वको विकसित स्थिति तथा चीन-उत्तर कोरिया सम्बन्धको समष्टिगत स्थितिको आधारमा उच्चस्तरीय आदानप्रदान बढाउने, रणनैतिक आदानप्रदान गहन पार्ने, आदानप्रदान तथा सहयोग गर्ने र यसबाट दुई मुलुकको जनता तथा विभिन्न मुलुकका जनताका लागि हित ल्याउने छ।

श्री किम जोङ उनले आफ्नो मन्तव्यमा कोरिया प्रायद्वीपको स्थितिमा आएको ठूलो परिवर्तनको अवस्थामा कोरिया प्रायद्वीपमा शान्ति स्थापना तथा स्थीर पार्ने, उत्तर कोरिया-चीन मित्रता बढाउने तथा विकास गर्ने असल अभिलाषा बोक्दै चीनको द्रुत भ्रमण गरेको व्यक्त गर्नुभएको छ। चीनको भ्रमण मेरो पहिलो विदेश भ्रमण हो। यसबाट मैले उत्तर कोरिया-चीन मैत्रिपूर्ण मित्रता बढाउने तथा उत्तर कोरिया-चीन मित्रतालाई ध्यान दिने विचार देखाइएको छ। मैले महासचिव सी चिन फिङसित उत्तर कोरिया-चीन दुई पार्टी तथा दुई मुलुक बीचको सम्बन्ध, स्वदेशको स्थिति, कोरिया प्रायद्वीको शान्ति तथा स्थीरताको संरक्षण विषयबारे सफल वार्ता गरेको छु। सुखद तथा सुन्दर वसन्त ऋतुमा महासचिव सी चिन फिङसितको पहिलो वार्ताबाट उत्तर कोरिया-चीन मित्रताको फल पाउने तथा कोरिया प्रायद्वीपको शान्ति तथा स्थीरताका लागि पहल हुने मैले विश्वास गरेको छु।

भ्रमणको दौरान सी चिन फिङ र उहाँकी श्रीमती फङ लि युआनले त्याउ यु थाइ राष्ट्रिय अतिथि गृहको याङ युआन चाइमा किम जोङ उन र उहाँकी श्रीमती रि सोल जुका लागि मध्यान्ह भोजको आयोजना गर्नुभयो। सी चिन फिङले त्याउ यु थाइ राष्ट्रिय अतिथि गृह चीन र उत्तर कोरियाको परम्परागत मित्रताको विकासको साक्षी रहेको, दुई पार्टी र दुई मुलुकका पुराना पुस्ताका नेताहरूबीचको घनिष्ठ सम्बन्धले आफूसामु नमूना खडा गरेको बताउनुभयो। अध्यक्ष किम जोङ उन र श्रीमती रि सोल जुलाई चीनमा स्वागत गरेको पनि सीले व्यक्त गर्नुभयो।

किम जोङ उनले उत्तर कोरिया र चीनको सम्बन्ध निकै मूल्यवान भएको र महासचिव सीसँग मिलेर पुरानो पुस्ताका नेताहरूको विशाल इच्छालाई कायम राख्ने, कठिन अवधि पार भएको तर सधैं नै पहिलेको अवस्थालाई कायम राखिएको उत्तर कोरिया र चीनको मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता र विकास गर्ने, नयाँ स्थितिमा दुबै मुलुकको सम्बन्धलाई उच्च स्तरतर्फ अगाडि बढाउने बताउनुभयो।

यसका साथै किम जोङ उनले “सर्वप्रथम कार्यान्वयन, कठिन स्थितिमा अगाडि बढ्नु-चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनयता चिनियाँ विज्ञान प्रतिष्ठानको सिर्जनशीलता उपलब्धि प्रदर्शनी”को अवलोकन गर्नुभयो। उहाँले वैज्ञानिक तथा प्राविधिक विकास र सिर्जनशीलताको क्षेत्रमा चीनले प्राप्त गरेको उपलब्धिको प्रशंसा व्यक्त गर्नुभयो, अवलोकनपछि उहाँले हस्ताक्षर-पुस्तिकामा हस्ताक्षर पनि गर्नुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य, केन्द्रीय समितिको सचिवालयका सचिव एवम् केन्द्रीय समितिको कार्यालयका प्रमुख तिङ श्य्व स्याङ, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य याङ चे छ, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य, केन्द्रीय समितिको सचिवालयका सचिव एवम् केन्द्रीय समितिको राजनीतिक र न्यायिक आयोगका सचिव को शङ खुन, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य, केन्द्रीय समितिको सचिवालयका सचिव एवम् चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रचार-प्रसार आयोगका मन्त्री व्हाङ खुन मिङ, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टीको पैचिङ समितिका सचिव छाइ छि, चीनको राज्य परिषदका सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यिले पनि सम्बन्धित कार्यक्रमहरूमा भाग लिनुभएको थियो।

उत्तर कोरियाली रोतुङ पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष एवम् संगठन तथा निर्देशन मन्त्री छुङ रोङ हाई, उत्तर कोरियाली रोतुङ पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष एवम् प्रचार-प्रसार मन्त्री पाक क्वाङ हो, उत्तर कोरियाली रोतुङ पार्टीको केन्द्रीय समिति का उपाध्यक्ष एवम् अन्तर्राष्ट्रिय मन्त्री रि सु युङ, उत्तर कोरियाली रोतुङ पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष एवम् संयुक्त मोर्चा मन्त्री किम युङ चोल, उत्तर कोरियाका विदेश मन्त्री रि युङ होले किम जुङ उनसँग चीनको भ्रमण गर्नुका साथै सम्बन्धित कार्यक्रममा भाग लिनुभएको थियो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान