तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

आन्ट फाइनान्सियलद्वारा पाकिस्तानमा “अलिपे” विस्तार

2018-03-14 15:20:43

हिजो मार्च तेह्र तारिख आन्ट फाइनान्सियलले पाकिस्तानको राजधानी इस्लामावादमा घोषणा गरे अनुसार, उसले टेलेनोर अन्तर्गत पाकिस्तानी कम्पनीको पैंतालीस प्रतिशत शेयर किनेर अठार करोड पैंतालीस लाख अमेरिकी डलर लगानी गर्नेछ। यसबाट पाकिस्तानी कम्पनीलाई स्थानीय “अलिपे” बनाउन सहयोग पुग्नेछ।

प्राप्त जानकारी अनुसार, आन्ट फाइनान्सियलले आफ्नो प्रबिधि तथा अनुभवको उपभोगमार्फत पाकिस्तानको सबैभन्दा ठूलो मोबाइल वालिट इजिपैसालाई सुधार गरी पाकिस्तानका अरु बढी सर्वसाधारण तथा स-साना व्यवसायहरुलाई बैंकिंग सेवा प्रदान गर्नेछ।

पाकिस्तानका बीस करोड भन्दा बढी जनसंख्या मध्ये कम्तीमा दश करोडले आधारभूत बैंकिंग सेवा पाउन सकेका छैनन्। त्यसभन्दा अगाडी आन्ट फाइनान्सियलले भारत, थाइल्याण्ड, इन्डोनेशिया, दक्षिण कोरिया, मलेशिया, फिलिपिन्स तथा चीनको हंगकंग लगायत सातवटा मुलुक तथा क्षेत्रमा स्थानीय “अलिपे” सेवा विस्तार गरेको थियो।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान