तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

विश्वको पहिलो तिब्बती भाषाको इन्टरनेट सर्च इन्जिन “युन तिब्बत” तीस करोडले हेरे

2018-03-14 15:09:19

विश्वको पहिलो तिब्बती भाषाको इन्टरनेट सर्च इन्जिन “युन तिब्बत” हेर्ने व्यक्तिको संख्या तीस करोड भन्दा बढी पुगेको छ। प्रत्येक दिन “युन तिब्बत” हेर्ने व्यक्तिको सरदर संख्या करिब तीस लाख रहेको छ।

तिब्बती भाषाको सर्च इन्जिन “युन तिब्बत”का उत्पादन सम्बन्धी जिम्मेवार व्यक्ति छाई लोको अनुसार, हालसम्म “युन तिब्बत”मा समाचार, वेभसाइट, भिडियो, संगीत, फोटो खोज्ने र तिब्बती भाषा सम्बन्धी ज्ञान भण्डार लगायत विषयहरु समावेश छन्।

प्राप्त जानकारी अनुसार, तिब्बती भाषामा “युन तिब्बत”का दुई वटा अर्थ छन्। पहिलो अर्थ गुरु हो भने दोस्रो अर्थ “चौतर्फी रुपमा समात्नु" भन्ने बुझिन्छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान