नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

साइ हान पा वनलाई संयुक्त राष्ट्र संघको “पृथ्वीको रक्षा सम्बन्धी पुरस्कार”

2017-12-06 18:57:33

    स्थानीय समय हिजो डिसेम्बर ५ तारिख, केनियाको राजधानी नाइरोबिमा आयोजित संयुक्त राष्ट्र संघको तेस्रो वातावरण सम्मेलनमा संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमले चीनको साइ हान पा वनले सन् २०१७ को संयुक्त राष्ट्र संघको सर्वोच्च पुरस्कार- “पृथ्वीको रक्षासम्बन्धी पुरस्कार” प्राप्त गरेको घोषणा गरेको छ।

    साइ हान पा वन चीनको ह पै प्रान्तको उत्तरी भागमा छ। त्यसको क्षेत्रफल ९३ हजार हेक्टर रहेको छ। इतिहासमा त्यसलाई अति दुरुपयोग गरिएपछि त्यसको क्षेत्रफल घटेको थियो। सन् १९६२ देखि साइ हान पा वनका निर्माणकर्ताहरुले अथक प्रयास गरी त्यसको बृक्षारोपण दर ११.४ प्रतिशतदेखि ८० प्रतिशतसम्म पुर्‍याएका छन्।

    साइ हान पा वनबाट अवकाश लिएका कर्मचारी छन् येन शेन, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत साइ हान पा वनका सचिव लिउ हाई यिङ, साइ हान पा वनका उप-प्रमुख यु स थाउले तीन पुस्ताका कर्मचारीको तर्फबाट नइरोवी गएर पुरस्कार ग्रहण गर्नेछन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान