नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चिनियाँ नौ सेनाको 26औं रक्षाफौजको बेलायत भ्रमण सम्पन्न

2017-10-08 15:08:50

चिनियाँ नौ सेनाको 26औं रक्षा फौजले सात तारिख बेलायतको पाँच दिने मैत्रीपूर्ण भ्रमण सिध्याएर लण्डन छाडेको सिन्ह्वा समाचार समितिले जनाएको छ।

बेलायतका लागि चिनियाँ राजदुत, बेलायती राजदरबार नौ सेनाका प्रतिनिधि, बेलायतका चिनियाँ प्रवासी र चिनियाँ मुलका विदेशी तथा बेलायतका अध्ययनरत् चिनियाँ विद्यार्थीहरू गरी सयौं जनाले जहाज बाँधेको बन्दरगाहमा भ्रमण दलका सदस्यहरूलाई बिदाइ गरेका छन्।

भ्रमण अवधिमा जहाज फौजले जहाजमा चढेर अवलोकन गर्न बेलायती सेनाका राजनीतिज्ञलाई निमन्त्रणा दिनुबाहेक जहाजको खुला दिवस र जहाजको तला समारोह लगायतका विविध रोचक गतिबिधिको आयोजना गरेको थियो।

बेलायत चिनियाँ नौ सेनाको 26औं रक्षा जहाज फौजले गत अगष्ट अठाईस तारिख सफलताका साथ आदेन खाडी र सोमालिया समुद्री क्षेत्रको रक्षा कार्यभार सम्पन्न गरी भ्रमण कार्यभार लिएपछि भ्रमण गरेको तेस्रो मुलुक हो। त्यसअघि जहाज फौजले बेल्जियम र डेन्मार्कको भ्रमण गरेको थियो। 


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान