नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

इस्लामिक स्टेटका सदस्यहरू हमासको कब्जामा

2017-10-08 14:27:24

प्यालेष्टाइनी इस्लामिक प्रतिरोधी आन्दोलन हमासले सात तारिख आफ्नो सुरक्षा विभागले गाजा क्षेत्रको दक्षिणी भागमा इस्लामिक स्टेटका एकजना महत्वपूर्ण नाइके तथा अन्य तीनजना सदस्यलाई पक्राउ गरेको घोषणा गरेको सिन्ह्वा समाचार समितिले जनाएको छ।

हमासका सुरक्षा पदधिकारी इयाद अल बोजुमले प्रकाशित एउटा प्रेस विज्ञप्तिमा हमासका सुरक्षाकर्मीले छ तारिख मध्य रातमा गाजा क्षेत्रको दक्षिण भागको राफाहमा ती चारजनालाई पक्राउ गरी उनीहरूको छानबीन पनि तत्काल थालेको जानकारी दिएका छन्।

प्राप्त जानकारी अनुसार, नुर इस्सा नामका मान्छे इस्लामिक स्टेटका महत्वपूर्ण नाइके हुन्। उनले लिबियामा त्यस उग्रवादी संगठनको लडाईंमा भाग लिएका थिए भने सन् 2016 उनी गाजा क्षेत्र फर्केका थिए।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान