नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

फ्रान्सेली पूर्व कूटनीतिज्ञको नजरमा चीनको परराष्ट्र उपलब्धि उच्च

2017-10-08 14:26:44

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन यसै महिनाको अठार तारिख पैचिङमा आयोजना गरिनेछ। फ्रान्सका केही राजनीतिज्ञ र पूर्व कूटनीतिज्ञहरूले हाल पेरिसमा सम्वाददातालाई अन्तर्वार्ता दिंदै त्यस महाधिवेशनको निकै ख्याल-विचार गरिरहेको जानकारी दिएका छन्। अन्तर्वार्तामा उनीहरूले बितेका पाँच वर्षयता चीनको परराष्ट्र मामिलामा प्राप्त उपलब्धिको उच्च मूल्याङ्कन गर्नुका साथै चीन-फ्रान्स सम्बन्ध पनि सकारात्मकतातर्फ उन्मुख भएको बताएका छन्।

फ्रान्सेली पूर्व प्रधानमन्त्री एवम् फ्रान्सेली उन्मुखता तथा सिर्जनशीलता कोषका अध्यक्ष जिन पिएर राफारिनले गत शताव्दीको सत्तरीको दशकमा चीनको भ्रमण गर्नुभएको थियो। उहाँले लामो समयसम्म चीन-फ्रान्स आदान-प्रदान र सहकार्यमा पनि प्रयास गर्दैआउनुभएको थियो। चिनियाँ कम्युनिष्ट पार्टीको 18‌औं महाधिवेशनयता सी चिन फिङ केन्द्र रहनुभएको केन्द्रीय समितिको नेतृत्वमा चीनले ठूल्ठूला उपलब्धि प्राप्त गर्दैआएको कुरा राफारिनले औंल्याउनुभएको छ।

फ्रान्सेली विदेश मन्त्रालयका महासचिव एवम् चीनका लागि पूर्व राजदूत मायुरिस मान्टाग्नेले यसै 19औं महाधिवेशनमा गरिने महत्वपूर्ण निर्णय-प्रस्तावमा ध्यान राख्ने कुरा बताउनुभएको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान