नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चिनियाँ आवाज, चिनियाँ योजना र चिनियाँ बुद्धि अन्तर्राष्ट्रिय मतैक्य बन्दै

2017-09-13 18:19:13

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले तेह्र तारिख पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ आवाज, चिनियाँ योजना र चिनियाँ बुद्धिले झन् झन् बढी मुलुकको समझदारी, समर्थन र प्रतिकृया पाउँदैआएको बताउँदै यो अन्तर्राष्ट्रिय मतैक्य बन्दैजाने पनि बताउनुभएको छ।

जनाए अनुसार, हालै सम्पन्न संयुक्त राष्ट्र संघको 71औं महासभाले चीनद्वारा प्रस्तुत "साझा सल्लाह, साझा निर्माण र साझा उपभोग" भन्ने निर्णय प्रस्तावलाई पारित गरेको छ।

सारा विश्वसामु जटिल चुनौती देखा परेको पृष्ठभूमिमा "साझा सल्लाह, साझा निर्माण र साझा उपभोग" भन्ने सिद्धान्तको निकै महत्वपूर्ण र वास्तविक अर्थ रहेको पनि प्रवक्ता कङले औंल्याउनुभएको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान