नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

ब्रिक्स नयाँ विकास बैंकद्वारा दक्षिण अफ्रिकामा आफ्नो पहिलो क्षेत्रीय शाखाको स्थापना

2017-08-11 16:07:08

    ब्रिक्स नवीन विकास बैंकले यस  अगष्ट 17 तारिख दक्षिण अफ्रिकामा आफ्नो पहिलो क्षेत्रीय शाखा स्थापना गर्ने भएको छ। यस बैंकका अध्यक्ष केभी कामथले यस नौ तारिख शाङ्गहाइमा पत्रकारसँग कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार ब्रिक्स नवीन विकास बैंकको परियोजना बोजिम भावी पाँच वर्षमा लगभग दुई तिहाई ऋण परियोजनालाई दिगो विकासलाई प्रवर्द्धन गर्ने पूर्वाधार प्रबन्धको निर्माणमा राख्ने छ। चीनद्वारा प्रतिनिधित्व गर्ने नयाँ विकसित आर्थिक समूहको विकास प्रक्रियाबाट सम्पूर्ण रुपमा दिगो विकासको महत्व प्रतिबिम्बित भएको छ। दिगो विकसित पूर्वाधार प्रबन्धको निर्माणलाई समर्थन गर्नु नै सदस्य मुलुकका लागि महत्वपूर्ण भूमिका सिर्जना गर्दछ। त्यो पनि ब्रिक्स नयाँ विकास बैंकले अझ बढी स्रोतसाधनलाई यस क्षेत्रमा पुर्‍याउने कारण हो।

    आउने हप्तामा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा स्थापना हुन लागेको शाखा संस्था यस ब्रिक्स नयाँ विकास बैंकको पहिलो शाखा संस्था हो। यस संस्थाले अफ्रिकामा परियोजना र आरक्षित परियोजनालाई राम्ररी प्रवर्द्धन गर्नका लागि सहयोग सिर्जना गर्ने छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान