नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

रुसी समस्या जाँचबुझ गर्न अमेरीकी राष्ट्रपतिबाट विशेष कानूनी सल्लाहकार नियुक्त

2017-07-16 20:19:52

अमेरिकी ह्वाइट हाउसले जुलाई पन्ध्र तारिख घोषणा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले टी वाई कोबलाई ह्वाइट हाउसको विशेष कानूनी सल्लाहकार नियुक्त गर्नुभएको छ।

अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार, कोबले रुसले अमेरिकी राष्ट्रपतिको चुनावमा हस्तक्षेप गरेको सम्बन्धी समस्याको जाँचबुझको जिम्मवारी लिनुहुने छ।

 हालै अमेरिकी जासुसी सूचना विभागले रुसले अमेरिकाको सन् 2016 राष्ट्रपतिय चुनावमा हस्तक्षेप गरेको र रुसी सरकारले ट्रम्पको चुनाव टोलीसंग सम्पर्क राखेको दोषारोपण गरेको थियो।

अमेरिकी न्याय विभागले नियुक्त गरेको संघीय विशेष महान्यायाधिश रबर्ट मुलर र अमेरिकी कांग्रेसले गठित गरेका केहि जाँचबुझ टोलीले यी समस्याबारे जाँचबुझ गरिरहेका थिए।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान