नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीनका परराष्ट्रमन्त्री वाङ यीद्वारा भारतका विदेश राज्य मन्त्री सिंहसँग भेटघाट

2017-06-19 18:30:22

चीनका परराष्ट्रमन्त्री वाङ यीले 18 तारिख ब्रिक्स मुलुकहरुको विदेश राज्य मन्त्री सम्मेलनमा सहभागी हुनका लागि पैचिङ आएका भारतका विदेश राज्य मन्त्री विजयकुमार सिंहसँग भेटघाट गर्नुभएको छ।

सो अवसरमा परराष्ट्रमन्त्री यीले चीनले भारतसँग रणनैतिक, आर्थिक, व्यापारिक, प्रतिरक्षा र साँस्कृतिक क्षेत्रको सहयोगलाई सबल पार्ने इच्छा व्यक्त गर्दै भारत शाङहाई सहयोग सँगठनमा सहभागी भएकोमा खुशी पनि व्यक्त गर्नुभएको छ।

सोही क्रममा भारतका विदेशमन्त्री सिंहले भारतले चीन र भारतबीचको सम्बन्धमा ठूलो महत्व दिने र विभिन्न क्षेत्रको सहयोगलाई सबल पार्ने विचार व्यक्त गर्नुभएको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान