तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

लण्डन आतंकबाद गतिबिधिमाथि चीनद्वारा कडा निन्दा

2017-06-05 18:31:30

    चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले लण्डनमा आतंकबादी गतिबिधि दोहोरिएकोमा चीनले कडा निन्दा गरेको र मृतकप्रति शोक ज्ञापन गरेको बताउनुभयो। उहाँले आक्रमणमा घाइते भएका र मृतकका परिवारलाई चीनले सहानुभूति प्रकट गरेको बताउनुभयो।

    आज जुन पाँच तारिख पैचिङमा आयोजित नियमित पत्रकारको सम्मेलनमा प्रवक्ता ह्वा छोन यिङले उक्त कुरा बताउनुभएको हो। गत तीन तारिख राति बेलायतको लण्डनमा तीनवटा आतङ्कवादी प्रहार भएका थिए। तीमध्येका दुई वटा आक्रमणलाई बेलायती प्रहरीले आतंकबादी गतिबिधिको रुमपा राखेको छ। प्रवक्ता ह्वाले लण्डनमा आतंकबादी गतिबिधि लगातार रुपमा भएको र त्यसबाट अन्तर्राष्ट्रिय समूहसमक्ष गम्भीर आतंकबादी धम्की देखिएको भन्दै चीनले कुनै किसिमको आतंकबादीको कडा विरोध गर्नुका साथै बेलायत्तलगायत अन्तर्राष्ट्रिय समूहसँग मिलेर आतंकबादमाथि प्रहार गरी विश्वको शान्ति तथा सुरक्षाको संरक्षण गर्ने इच्छा लिएको व्यक्त गर्नुभयो। बेलायतमा भएको आतङ्कवादी आक्रमणमा परी हालसम्म चिनियाँ नागरिक हताहत भएको खबर नपाएको पनि प्रवक्ता ह्वाले बताउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान