नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

गरिबी हटाउन शिक्षामा जोड

2017-05-19 16:59:17

    चीनले हालको जम्मा चार करोड गरिब जनसंख्यालाई सन् 2020सम्ममा गरिबीबाट मुक्ति दिलाउने प्रयास गरिरहेको छ। यस प्रयासमा शिक्षाले महत्वपूर्ण भूमिका सिर्जना गर्ने छ। चिनियाँ राष्ट्राध्यक्ष सि चिन फिङले हाल बताउनुभएअनुसार गरिबी हटाउने क्रममा प्रथम त बुद्धिको विकास गर्नुपर्छ। गरिब क्षेत्रका बालबालिकालाई असल शिक्षा प्रदान गर्नु नै गरिबी न्यूनिकरणको महत्वपूर्ण कार्यभार हो।

    निङ्ग स्या ह्वी जातीय स्वायत्त प्रदेशको यान छि जिल्लाको मा आर च्वाङ्ग प्राथमिक विद्यालय सन्1962मा स्थापना भएको हो। हाल यस विद्यालयमा ठूलो परिवर्तन भएको छ। सन् 2012मा चीनले शिक्षाको विकासलाई जोड दिन थालेकाले यस विद्यालयको पुनःनिर्माण काम सुरु भएको थियो। शिक्षा सम्बन्धी विभिन्न प्रबन्ध बन्दोबस्त गरेबाट विद्यार्थीको क्याम्पस जीवन रङ्गीन बनेको छ।

    यस वर्षको अप्रिल सात तारिख निङ्ग स्या ह्वी जातीय स्वायत्त प्रदेशको शिक्षा व्युरोले भावी चार वर्षमा शिक्षाद्वारा गरिबी न्यूनीकरण गर्ने खास गतिविधि योजनालाई औपचारिक रुपमा सार्वजनिक गरेको छ। पूर्वानुमानका अनुसार सन् 2020सम्म सारा स्वायत्त प्रदेशको गरिबी क्षेत्रमा बालबालिकाका लागि नर्सरीमा पन्ध्र हजार स्थान थपिने भएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान