नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीन-पाकिस्तान आर्थिक कोरिडरद्वारा पाकिस्तानी समाजमाथि गहिरो प्रभाव

2017-04-21 20:20:27

पाकिस्तानका प्रसिद्ध विद्वान पाकिस्तान शान्ति कूटनैतिक संस्थानका प्रमुख फर्हाद असीफले हालै चिनियाँ अन्तर्राष्ट्रिय रेडियोलाई अन्तर्वार्ता दिंदै चीन-पाकिस्तान आर्थिक कोरिडरले पाकिस्तानको आर्थिक विकासलाई अघि बढाउने मात्र नभई पाकिस्तानी समाजमाथि गहिरो प्रभाव पार्ने विचार व्यक्त गर्नुभएको छ।


प्रमुख फर्हादले चीन-पाकिस्तान आर्थिक कोरिडरका विभिन्न परियोजनाको संचालनले पाकिस्तानको रोजगार क्षेत्रमा अझ विशेष गरी युवा र महिलाको रोजगारी वृद्धि गर्दै जाने बताउनुभयो। यी परियोजनाले गरिबी निवारणमा सघाउनुका साथै केही अविकसित क्षेत्रको पूर्वाधार प्रबन्धमा पनि सुधार आएको प्रमुख फर्हादले बताउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान