नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

पेरिसको च्याम्प्स् एलिसिज् बाटोमा अन्धाधुन्ध गोली प्रहार

2017-04-21 20:19:23

फ्रान्सेली गृह मन्त्रालयले अप्रिल बीस तारिख जनाएअनुसार, एक जना बन्दुकधारीले सोहि दिन राति एउटा पेरिस च्याम्प्स् एलिसिज् नामक बाटोमा रहेको प्रहरी बसतर्फ लक्षित गरी गोली प्रहार गर्दा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका छन्। प्रहरीले आक्रमणकारीलाई पनि गोली हानी मारिदिएको छ।


सोहि दिन एक जना च्याम्स् एलिसिज् बाटोमा रहेका फ्रान्सका लागि चीनको राजदूताबासका कर्मचारीले सिन्ह्वा समाचार समितिका पत्रकारलाई जानकारी दिँदै अन्धाधुन्ध गोली प्रहार रातिको आठ बजेतिर भएको र करीब बीस वटा बन्दुकको आवाज सुनेको बताए।


उग्रवादी संगठन आई एसले अमाक समाचार समितिमार्फत् यो आक्रमणको जिम्मेवारी लिएको छ। बन्दुकधारी एक जना बेल्जियमबाट आएका र आफ्नो संगठनको सदस्य रहेको पनि आईएसले दावी गरेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान