नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीनद्बारा पाकिस्तानमा भएको आतंकवादी आक्रमणको कडा निन्दा

2017-02-17 18:14:56

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले पाकिस्तानको दक्षिण भागमा रहेको सिन्ध प्रान्तमा भएको आतंकवादी हमलाबाट धेरैजनाको गम्भीर हताहत भएकोमा चीनलाई आश्चर्य लागेको बताउँदै त्यस हमलाको चीनले कडा शब्दमा निन्दा गरेको बताउनुभएको छ।

प्रवक्ता कङले आजै शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले मृतकप्रति श्रद्धान्जली व्यक्त गरेको र घाइते तथा मृतकका परिवारजनलाई समवेदना व्यक्त गरेको पनि बताउनुभयो।

सबै खालका आतंकवादको विरोध गर्नुका साथै चीनले निरन्तर रुपमा आतंकवादमाथि प्रहार गर्दैजान र देशको स्थिर तथा जनधनको सुरक्षाको संरक्षण गर्दैजान पाकिस्तानलाई दृढताका साथ समर्थन गर्दैजाने कुरामा प्रवक्ता कङले जोड दिनुभएको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान