तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

दक्षिण पाकिस्तानमा आत्मघाती विस्फोटमा 72 को मृत्यु

2017-02-17 16:21:08

सिन्ह्वा समाचार समितिका अनुसार पाकिस्तानी प्रहरीले फेब्रुअरी सोह्र तारिख राति दक्षिण पाकिस्तानको सेह्वान क्षेत्रको एउटा धार्मिक स्थलमा  आत्मघाती बम विस्फोट भएको जनाएको छ। सो आत्मघाती विस्फोटनमा परी 72 जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन्।

इस्लामिसक स्टेट आतङ्कवादी संगठनले उक्त विस्फोटनको जिम्मेवारी लिएको छ।

पाकिस्तानको प्रधानमन्त्री नवाज शरिफले उक्त आक्रमणको कडा निन्दा व्यक्त गर्दै घाइतेको शीघ्र उपचार गर्न निर्देशन दिनुभएको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान