तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

विश्व व्यापार संगठनसम्बन्धी आफूविरुद्ध अमेरिकी आरोपको चीनद्वारा खण्डन

2017-01-12 18:46:28

    अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयले सन् 2016मा चीनले विश्व व्यापार संगठनसमक्ष व्यक्त प्रतिवद्धता पालना सम्बन्धी एउटा प्रतिवेदन अमेरिकी सिनेटसमक्ष पेश गरेको छ। विश्व व्यापार संगठनमा प्रवेश भएको पन्ध्र वर्षमा पनि चीनले पूर्व प्रतिवद्धता पालना नगरेको सो प्रतिवेदनमा उल्लेख छ। साथै चीन विश्व व्यापार संगठनमा प्रवेश भएयता अमेरिकाले सो संगठन समक्ष चीनविरुद्ध बीस वटा मुद्धा हालेको छ जुन अरु सदस्य मुलुकभन्दा दुई गुणा बढी हो।

    यसप्रति चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता सुन चि वनले खण्डन गर्दै दुई पक्ष मिलेर प्रयास गरी द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धलाई नयाँ शक्ति थप्ने आशा लिएको बताउनुभएको छ। उहाँले विश्व व्यापार संगठनमा प्रवेश भएयता चीनले नियम तथा कर्तव्यको दृढताका साथ पालना गर्दै बहु-पक्षीय व्यापारिक प्रणाली संचालन तथा विकासका लागि ठूलो योगदान गरेको जानकारी दिनुभयो। चीन-अमेरिका द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धमा केही सामान्य मतभेद देखिएको भन्दै उहाँले चीनले समान वार्ता र आपसी सहयोगमा आपसी मतभेद हटाएर फाइदा निम्त्याउन चाहेको पनि बताउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान