तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

एक पेटी एक मार्गबाट त्यस वरिपरिका मुलुकमा एक लाख साठ्ठी हजार रोजगारी

2017-01-12 18:40:36

    चीनको राष्ट्रिय विकास तथा सुधार समितिका अनुसार, एक पेटी एक मार्ग अवधारणा संचालन भएयता ठूलो परियोजना, ‌औद्योगिक क्षमता सहयोग, मौद्रिक समर्थन, जनस्तरीय आदान-प्रदानलगायत क्षेत्रमा अपेक्षाभन्दा ठूलो प्रगति भएको छ। सन् 2016का पहिला एघार महिनामा चिनियाँ व्यवसायले त्यस वरिपरिका मुलुकलाई एक अर्ब अमेरिकी डलर कर र एक लाख साठ्ठी हजारभन्दा बढी रोजगार प्रदान गरेको छ।

    प्राप्त तथ्याङ्कका अनुसार, सन् 2016 मा चीनले सम्बन्धित मुलुक र अन्तर्राष्ट्रिय संगठनसँग चालीसभन्दा बढी सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुका साथै बीसभन्दा बढी मुलुकसँग अन्तर्राष्ट्रिय औद्योगिक क्षमता सहयोग गरेको छ। चीनको राष्ट्रिय विकास तथा सुधार समितिका प्रवक्ता चाउ छन सिनले जानकारी दिनुभएअनुसार, सन् 2016का पहिला एघार महिनामा चीनले एक पेटी एक मार्ग वरिपरिका मुलुकसँग गरेको व्यापार मात्रा 8 खर्ब 48 अर्ब 90 करोड अमेरिकी डलर पुगेको छ भने सोहि अवधिमा चीनले गरेको वैदेशिक व्यापारको मात्रा एक चौथाइ पुगेको छ। साथै चीनले त्यस वरिपरिका मुलुकलाई प्रत्यक्ष लगानी गरेको मात्रा तेह्र अर्ब चालीस करोड अमेरिकी डलर पुगेको छ भने सोहि अवधिमा चीनले गरेको कूल वैदेशिक लगानी मात्राको 8.3 प्रतिशत पुगेको छ। चीनले त्यस वरिपरिका मुलुकमा लगानी गरेको कूल मात्रा अठार अर्ब अमेरिकी डलर पुगेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान