नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

ब्रिक्सको सातौँ अर्थमन्त्री स्तरीय सम्मेलन आयोजना हुने

2017-01-12 18:04:53

    चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता सुन चि वनले ब्रिक्सको नवौँ शिखर सम्मेलन सम्बन्धी आर्थिक तथा व्यापारिक कार्यको तयारी गर्नका लागि ब्रिक्सको सातौँ अर्थमन्त्री स्तरीय सम्मेलन र आर्थिक तथा व्यापारिक सम्पर्क कार्यदल सम्मेलन आयोजना गरी ब्रिक्स मुलुकको लगानी तथा व्यापारिक संभाव्यताको खोजी गरिने बताउनुभएको छ।

    हाल विश्व आर्थिक पुनरुत्थान सुस्त भएको छ। ब्रिक्स मुलुकसमक्ष पनि कम्जोर आर्थिक अवस्था देखा परेको छ। तर ब्रिक्स मुलुकको फराकिलो बजार छ र ठूलो सम्भावित क्षमता पनि छ। ब्रिक्स मुलुकको जनसंख्या विश्वको 42 प्रतिशत पुग्छ। कूल आर्थिक मात्रा पनि विश्वको 23 प्रतिशत पुग्छ। सन् 2011 मा ब्रिक्स अर्थमन्त्री स्तरीय संयन्त्र स्थापना भएयता विभिन्न मुलुकको संयुक्त प्रयासमा ब्रिक्स मुलुकबीचको आर्थिक तथा व्यापारिक सहयोग स्थिर रुपमा अघि बढेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान