पाकिस्तानी संचारमाध्यमहरुका अनुसार, पाकिस्तानका प्रधानमन्त्री नवाज शर्रिफले एघार तारिख पञ्जाव प्रान्तको एउटा पुरानो हिन्दु मन्दिर कातसराज मन्दिरको पुनःनिर्माण समारोहमा सहभागी हुनुभएको छ। पाकिस्तान मुस्लिम मुलुक भएकाले उहाँको यो भ्रमणलाई अर्थपूर्ण तरीकाले हेरिएको छ।
प्रधानमन्त्री शर्रिफले सरकारले आफ्नो मुलुकको अल्पसंख्यक धार्मिक समुदायको अधिकारलाई प्रत्याभूति गर्ने र सक्दो प्रयास गरी सहज वातावरण दिने बताउनुभयो।
राजनीतिक विश्लेषकहरूले शर्रिफको यो गतिविधिबाट आगामी आमनिर्वाचनअघि अल्पसंख्यक धार्मिक जनतासँगको सम्पर्क महत्वपूर्ण छ।