नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

अफ्गानिस्तानको आतंकवादी आक्रमणप्रति संयुक्त राष्ट्रसंघको निन्दा

2017-01-11 18:34:43

    संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफेन डुयारिकले एउटा वक्तव्य प्रकाशित गरी अफ्गानिस्तानको राजधानी काबुल तथा दक्षिणी कान्दाहार प्रान्तीय सदरमुकाम कान्दाहारमा भएका अनेकौँ आतंकवादी आक्रमणप्रति निन्दा गर्नुभएको छ।

    वक्तव्य अनुसार, यी आक्रमणबाट दशौँको मृत्यु भएको छ भने अफ्गानिस्तानका लागि संयुक्त अरब इमिरेट्सका राजदूत लगायतका धेरै घाइते भएका छन्। संयुक्त राष्ट्र संघले सर्वसाधारण तथा कूटनीतिज्ञमाथि गरेको कुनै पनि आक्रमण नै अन्तर्राष्ट्रिय ऐन र मानव अधिकार विपरित भएको भन्दै आक्रमणकारीलाई छिटै पक्राउ गर्न आह्वान गरेको वक्तव्यमा उल्लेख छ।

    थाहा भएअनुसार, दश तारिख दिउँसो काबुलस्थित संसद भवन नजिकै श्रृङ्खलावद्ध बम विस्फोटन गरिएका थिए भने त्यसबाट कम्तीमा अठ्ठाईस जनाको मृत्यु हुनुका साथै 64 जना घाइते भएका छन्। यसैबीच तालिवान विद्रोहीले त्यस घटनाको जिम्मा लिएको छ। साथै सोही दिनको राति कान्दाहार सहरमा अरु दुई वटा बम विस्फोटन भएका छन् जसबाट कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अरु दशभन्दा बढी घाइते भएका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान