तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

एशिया तथा प्रशान्त क्षेत्रको सहकार्य सम्बन्धी चिनियाँ नीतिसम्बन्धी श्वेत पत्र सार्वजनिक

2017-01-11 18:18:36

    चीनको राज्य परिषदले जनवरी एघार तारिख एशिया तथा प्रशान्त क्षेत्रको सहकार्य सम्बन्धी चिनियाँ नीतिसम्बन्धी श्वेत पत्र सार्वजनिक गरेको छ।

    सोह्र हजार अक्षर रहेको सो श्वेत पत्रमा एशिया तथा प्रशान्त क्षेत्रको सुरक्षा सहकार्य सम्बन्धी चीनको नैतिक विचार, एशिया तथा प्रशान्त क्षेत्र सुरक्षासम्बन्धी चीनको विचार, चीन र सो क्षेत्रका अरु मुख्य मुलुकहरुबीचको सम्बन्ध, सो क्षेत्रका चर्चित विषयमा चीनको अडान तथा विचार, एशिया तथा प्रशान्त क्षेत्रमा चीन सहभागी हुने मुख्य बहु-पक्षीय सिस्टम, सो क्षेत्रको गैर-परम्परागत सुरक्षा सहकार्यमा चीनको सहभागिता लगायत छ भागका विषय समावेश छन्।

    श्वेत पत्रले एशिया तथा प्रशान्त क्षेत्र विश्वमा महत्वपूर्ण रणनीतिक स्थानमा रहेको भन्दै केही वर्षयता क्षेत्रीय मुलुकले एशिया तथा प्रशान्त क्षेत्रमाथि अझ बढी ध्यान तथा लगानी गरेको जानकारी समेटिएको छ। चीनले सो क्षेत्रका मुलुकहरुसँग मिलेर विकास गरी एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक तथा राजनीतिक आधारलाई सुदृढ पारेर बहु-पक्षीय सहकार्य प्रणाली, सैन्य सहयकार्यलाई बढाउने इच्छा लिएको श्वेत पत्रमा छ। साथै श्वेत पत्रले चीन र अमेरिका, रुस, भारत, जापान आदि क्षेत्रीय मुख्य मुलुकबीचको सम्बन्धबारे जानकारी दिँदै ती क्षेत्रका अरु मुलुकसँगको मैत्रीपूर्ण सहयोगी सम्बन्धलाई अरु बढाउने उल्लेख गरेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान