तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

उत्तरदायी नेतृत्वको आवश्यकता रहेको विश्व आर्थिक मञ्चको भनाइ

2017-01-11 18:17:58

    विश्व आर्थिक मञ्चका संस्थापक एवम् कार्यकारी अध्यक्ष क्लाउस स्वाबले विश्वलाई प्रवृत्तिगत विकास तथा जिम्मेवारी लिनसक्ने नयाँ नेतृत्वको आवश्यकता परेको बताउनुभएको छ।

    विश्व आर्थिक मञ्च सन् 2017 वार्षिक सम्मेलन आगामी जनवरी सत्र तारिखदेखि बीस तारिखसम्म स्वीट्जर्ल्याण्डको दाभोसमा आयोजना हुँदैछ। त्यसअघि दश तारिख जेनेभामा आयोजना भएको एक सम्बन्धित पत्रकार सम्मेलनमा स्वाबले उक्त कुरा बताउनुभएको हो। उहाँले वर्तमान विश्वमा द्रूत गतिले विकास भइरहेको छ त्यसैले प्रवृत्तिगत विकास तथा उत्तरदायी नयाँ नेतृत्व चाहिने विचार व्यक्त गर्नुभयो। उहाँले जसरी पनि वर्तमान विश्वसमक्ष देखिएको विभिन्न चुनौतीको सामना गर्न सकिने धारणा राख्नुभयो।

    यसैबीच चीनको परराष्ट्रमन्त्रालयले दश तारिख घोषणा गरेअनुसार, चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आगामी जनवरी पन्ध्र तारिखदेखि अठार तारिखसम्म स्वीट्जर्ल्याण्डको राजकीय भ्रमण गर्नुहुने भएको छ। सो अवसरमा उहाँले विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा पनि भाग लिनुहुने भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान