तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चौथो चीन दक्षिण एशियाली एक्स्पो सुरु

2016-06-12 18:55:10 CRI

चीनको राज्य परिषदका उपप्रधानमन्त्री वाङ्ग याङ्गले आज बाह्र तारिख खुन मिङ्गमा आयोजना भएको चौथो चीन दक्षिण एशियाली एक्स्पोको उद्घाटन समारोहमा भाग लिँदै सम्बोधन गर्नुभयो। उहाँका अनुसार चीन दक्षिण एशियाली मुलुकको मुख्य व्यापारिक साझेदारी र महत्वपूर्ण विदेशी लगानीको उद्गम मुलुक हो। दक्षिण एशियाली मुलुक चीनको मुख्य विदेशी परियोजनाको क्षेत्र भएको चर्चा गर्दै उहाँले केही वर्षयता विशेष गरी चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्बारा प्रस्तुत “एक पेटी एक मार्ग” अवधारणा व्यवहारमा उतार्दै चीन र दक्षिण एशियाली मुलुकबीचको द्बिपक्षीय व्यापारिक तथा आर्थिक सहयोगले अन्तर्राष्ट्रिय आर्थिक संकटबाट आएको गहन प्रभाव पार गरी सक्रिय विकसित प्रवृत्तिको कायम राख्दै गएको बताउनुभयो। वास्तविक कार्यक्रमबाट चीन र दक्षिण एशियाली मुलुकबीचमा साझा हित तथा पारस्परिक मैत्रीपूर्ण साझेदारी हुन् भन्ने प्रमाणित भएको उहाँले उल्लेख गर्नुभयो।

चालु एक्स्पोले “सदिच्छापूर्ण तथा समेटिएको भावना लिँदै साझा फाइदा पाउन सहयोग गर्ने” मुख्य विषय राखेको छ। यस मञ्चमार्फत दक्षिण एशियाली मुलुकसँग भन्सार, गुणस्तारको जाँचबुझ, ई-वाणिज्य, अन्तर्राष्ट्रिय ढुवानी आदि क्षेत्रको सहयोगलाई गहन पार्न सक्ने आशा चीनले गरेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान