नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

तिब्बतमा जातीय क्षेत्रीय स्वशासन प्रणालीसम्बन्धी प्रदर्शनी

2014-11-20 19:53:48

    “जन गणतन्त्र चीनको जातीय क्षेत्रीय स्वशासन ऐन” पालना भएको तीसौँ वार्षिकोत्सवको उपलक्ष्यमा हाल तिब्बती संग्रहालयमा स्मृति प्रदर्शनीको आयोजना भएको छ। प्रदर्शनीमा जनजीवन, जाति, धर्म, पर्यावरणलगायत सात क्षेत्रका विषय प्रदर्शन गरिएको छ। सो प्रदर्शनीबाट जातीय क्षेत्रीय स्वशासन ऐन पालना भएयता प्राप्त उपलब्धि देखाइएको छ।

    सन् 1965मा तिब्बत स्वायत्त प्रेदश स्थापना भएयता प्रदेशीय जन काँग्रेस र त्यस्को स्थायी समितिले दुई सय नब्बेभन्दा बढी स्थानीय ऐन र नियम बनाएर राष्ट्रिय ऐनका लागि तिब्बतसँग अनुकूल रहेको कार्यान्वयन उपायको तर्जुमा गरेको छ।

    तिब्बत स्वायत्त प्रेदशको जातीय तथा धार्मिक समितिका प्रमुख यिसिफिङछोका अनुसार, हाल तिब्बतमा तिब्बती जाति, हान जाति, ह्वी जाति, मन पा जाति लगायत चालीसभन्दा बढी जाति बसोबास गर्छन्। तिब्बत स्वायत्त प्रदेशमा एकतीस लाख बीस हजार चार सय जनसंख्यामध्ये 91.5 प्रतिशत तिब्बती जाति रहेका छन्। सन् 1965 मा तिब्बत स्वायत्त प्रेदश स्थापना भएदेखि जातीय क्षेत्रीय स्वशासन प्रणाली तिब्बतमा पालना हुन थालेको हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान