नेपाली भाषा
राष्ट्राध्यक्ष सीद्वारा पैचिङ खेलकुद विश्वविद्यालयको च्याम्पियन विद्यार्थीको पत्रको जवाफ
विस्तृत विषय2019-06-19 19:10April 03 2020 13:43:17

राष्ट्राध्यक्ष सीद्वारा पैचिङ खेलकुद विश्वविद्यालयको च्याम्पियन विद्यार्थीको पत्रको जवाफ

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष र सैन्य आयोगका अध्यक्ष सी चिन फिङले पैचिङ खेलकुद विश्वविद्यालयअन्तर्गत वर्गीय स्नात्तकोत्तर विद्यार्थीको च्याम्पियन २०१६ का विद्यार्थीलाई जवाफी पत्र पठाउनु भएको छ। उहाँले यी विद्यार्थीहरूलाई प्रोत्साहन र प्रतीक्षा गर्नुका साथै पैचिङ खेलकुद विश्वविद्यालयका सबै शिक्षक-विद्यार्थी र ओलम्पिक खेलकुदका लागि तयारी सबै खेलाडी तथा कोचलाई हार्दिक अभिवादन गर्नुभएको छ।

बेल्ट एण्ड रोडसम्बन्धी विश्व बैंकको प्रतिवेदन चिनियाँ अवधारण अनुकूल
विस्तृत विषय2019-06-19 19:08April 03 2020 13:43:17

बेल्ट एण्ड रोडसम्बन्धी विश्व बैंकको प्रतिवेदन चिनियाँ अवधारण अनुकूल

विश्व वैंकले जुन 18 तारिख बेल्ट एण्ड रोड अर्थशास्त्रः यातायात कोरिडोरको अवसर र चुनौति शीर्षकमा एक प्रतिवेदन सार्वजनिक गरेको छ। बेल्ट एण्ड रोड प्रस्तावदेखि छ वर्षमा हासिल भएको उपलब्धिमाथि उक्त प्रतिवेदनले वस्तुगत मूल्याङ्कन गर्नुका साथै जोखिमको व्यवस्था तथा नियन्त्रणबारे केही विचार र सुझाव दिएको छ।

उत्तर कोरियाको पत्रिकामा राष्ट्राध्यक्ष सीको लेख प्रकाशित
विस्तृत विषय2019-06-19 16:15April 03 2020 13:43:17

उत्तर कोरियाको पत्रिकामा राष्ट्राध्यक्ष सीको लेख प्रकाशित

जन गणन्त्र कोरियाको राजकीय भ्रमणअघि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं सैन्य आयोगका अध्यक्ष सी चिन फिङले उत्तर कोरियाली रोडोङ सिमून लगायत मुख्य पत्रिकामा चीन र उत्तर कोरियाबीच मित्रताको उत्ताधिकार गर्नुका साथै नयाँ युगको निरन्तर अध्याय शीर्षकमा लेख सार्वजनिक गर्नुभएको छ।

अमेरिकी सेनेटर रुबिओको कर्तुतको पर्दाफास
विस्तृत विषय2019-06-19 15:19April 03 2020 13:43:17

अमेरिकी सेनेटर रुबिओको कर्तुतको पर्दाफास

रोयटर्सले यही जुन अठार तारिख जनाएअनुसार, अमेरिकी सिनेटर मार्को रुबिओले जुन सत्र तारिख मस्यौदा प्रस्तुत गरी अमेरिकाको प्रतिरक्षा प्राधिकरण ऐनको संशोधन गर्न, चीनको व्हा वै कम्पनीले अमेरिकी अदालतमार्फत अमेरिकी उद्योग-व्यवसायबाट पेटेन्ट शुल्क माग्न र क्षतिपूर्ति लिन निषेध गर्नुभएको छ।

चीनका राष्ट्राध्यक्ष र अमेरिकाका राष्ट्रपतिबीचको फोन-वार्ता
विस्तृत विषय2019-06-19 15:02April 03 2020 13:43:17

चीनका राष्ट्राध्यक्ष र अमेरिकाका राष्ट्रपतिबीचको फोन-वार्ता

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन 18 तारिख फोन-वार्ता गर्नुभएको छ।

चीनका परराष्ट्र मन्त्री र सिरियाली विदेशमन्त्रीबीच भेटवार्ता
विस्तृत विषय2019-06-18 19:05April 03 2020 13:43:17

चीनका परराष्ट्र मन्त्री र सिरियाली विदेशमन्त्रीबीच भेटवार्ता

चियाँ राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले आज जुन 18 तारिख पैचिङमा सिरियाका उपप्रधानमन्त्री एवं विदेश मन्त्री वालिड मुआलिमसँग भेट-वार्ता गर्नुभएको छ। परराष्ट्रमन्त्री वाङले सिरिया समस्याको राम्ररी समाधान गर्न तीन अडानको प्रस्तुत गर्नुका साथै वर्तमान इरानी आणविक समस्या तथा खाडी क्षेत्रको परिस्थितिबारे धारणा व्यक्त गर्नुभएको छ।

छलफलद्वारा चीन र अमेरिकाबीचको आर्थिक तथा व्यापारिक मतभेद हटाउन सकिने चिनियाँ परराष्ट्र मन्त्रालयको भनाइ
विस्तृत विषय2019-06-18 19:03April 03 2020 13:43:17

छलफलद्वारा चीन र अमेरिकाबीचको आर्थिक तथा व्यापारिक मतभेद हटाउन सकिने चिनियाँ परराष्ट्र मन्त्रालयको भनाइ

छलफल र वार्ता आपसी सम्मान, समान र हितकर भएमा छलफलद्वारा चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक मतभेदको समाधान गर्न सकिने पुष्टि ऐतिहासिक व्यवहारले गरेको छ। उक्त सिद्धान्तमाथि उल्लंघन गरेमा समस्याको समाधान हुन सक्दैन

स छ्वानमा गएको भूकम्पप्रति राष्ट्राध्यक्ष सीको आदेश
विस्तृत विषय2019-06-18 18:52April 03 2020 13:43:17

स छ्वानमा गएको भूकम्पप्रति राष्ट्राध्यक्ष सीको आदेश

सो भूकम्पबाट 13 जनाको मृत्यु हुनुका साथै 1 सय 58 जना घाइते भएका छन्। 1 लाख 40 हजारभन्दा बढी प्रकोप पीडित हुनुका साथै जल-विद्युत, यातायात र सञ्चारलगायत आधारभूत प्रबन्ध अवरुद्ध भएको छ।

चीन र प्रजातान्त्रिक जन गणतन्त्र कोरियाबीच दौत्य सम्बन्ध स्थापनाको सत्तरीऔं वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रमहरू आयोजना गरिने
विस्तृत विषय2019-06-18 18:50April 03 2020 13:43:17

चीन र प्रजातान्त्रिक जन गणतन्त्र कोरियाबीच दौत्य सम्बन्ध स्थापनाको सत्तरीऔं वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रमहरू आयोजना गरिने

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले जुन अठार तारिख नियमित पत्रकार सम्मेलनमा चालू वर्ष चीन र प्रजातान्त्रिक जन गणतन्त्र कोरियाबीचको दौत्य सम्बन्धको स्थापना भएको सत्तरीऔं वार्षिकोत्सवका अवसरमा दुई पक्षले सहमतिबमोजिम विभिन्न कार्यक्रमको आयोजना गर्ने बताउनु भएको छ।

चीनको वैज्ञानिक तथा प्राविधिक सिर्जनशीलताको पाइला नरोकिने
विस्तृत विषय2019-06-18 17:11April 03 2020 13:43:17

चीनको वैज्ञानिक तथा प्राविधिक सिर्जनशीलताको पाइला नरोकिने

हालै नोबेल पुरस्कार विजेता एवं चीनका चिकित्सा वैज्ञानिक थु यौ यौ र उहाँको टोलीले अनुसन्धानको पछिल्लो उपलब्धि सार्वजनिक गरेका छ। “आर्टीमिसिनिन प्रतिरोध” कठिन समस्याका लागि उचित उपचार योजना प्रस्तुत गरिएको छ।

राष्ट्राध्यक्ष सीले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राजकीय भ्रमण गर्नुहुने
विस्तृत विषय2019-06-17 19:47April 03 2020 13:43:17

राष्ट्राध्यक्ष सीले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राजकीय भ्रमण गर्नुहुने

उत्तर करियाली श्रमिक पार्टीका प्रमुख एवं प्रजातान्त्रिक जनगणतन्त्र कोरियाली राज्य परिषदका प्रमुख किम जोङ उनको निमन्त्रणमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिन फिङले यही जुन 20 तारिखदेखि 21 सम्म प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राजकीय भ्रमण गर्नुहुनेछ।

राष्ट्र संघीय उप-महासचिवको युगुर स्वायत प्रदेशको भ्रमणबारे अमेरिकाको वाहियात मूल्याकन निरर्थक
विस्तृत विषय2019-06-17 19:14April 03 2020 13:43:17

राष्ट्र संघीय उप-महासचिवको युगुर स्वायत प्रदेशको भ्रमणबारे अमेरिकाको वाहियात मूल्याकन निरर्थक

संयुक्त राष्ट्र संघमा आतंकवादविरोधी उप-महासचिव भ्लादिमिर इभानोभिच भोरोन्कोभले जुन 13 तारिखदेखि 15 सम्म चीनको भ्रमण गर्दै युगुर स्वायत प्रदेशको भ्रमण गरेर त्यहाँ आतंकवादको विरोध गर्ने र उग्रवादी गतिविधि नियन्त्रण गर्ने अवस्थाबारे जानकारी पाउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान