नेपाली भाषा
चीनको रोजगार संरचनामा सुधार
विस्तृत विषय2019-07-04 18:39February 24 2020 14:04:40

चीनको रोजगार संरचनामा सुधार

चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले सार्वजनिक गरेको सूचना अनुसार, नयाँ चीन स्थापना भएको सत्तरी वर्षयता रोजगार मात्रा विस्तृत हुँदैआएर रोजगार संरचना क्रमशः सुधार भएको छ। सन् २०१८ को अन्तमा चीनको रोजगारीको संख्या ७७ करोड पुगेको छ भने चीनको कूल जनसंख्याको आधाभन्दा बढी भएको छ।

प्रधानमन्त्री लीले डाभोस मञ्चमा सहभागी पाहुनाहरुसँग भेट-वार्ता
विस्तृत विषय2019-07-03 19:39February 24 2020 14:04:40

प्रधानमन्त्री लीले डाभोस मञ्चमा सहभागी पाहुनाहरुसँग भेट-वार्ता

चीनका प्रधानमन्त्री ली ख छ्याङले जुलाई दुइ तारिख तालियनमा सन् २०१९ डाभोस मञ्चमा सहभागी हुनुभएका अन्तर्राष्ट्रिय उद्योगवाणिज्य, वित्तीय, थिङ्कट्यांक, मिडियाका लगभग दुइ सय प्रतिनिधिहरूसँग भेट-वार्ता गर्नुभयो।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा टर्कीका राष्ट्रपतिसँग भेट-वार्ता
विस्तृत विषय2019-07-03 19:19February 24 2020 14:04:40

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा टर्कीका राष्ट्रपतिसँग भेट-वार्ता

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो जुलाई दुइ तारिख पैचिङमा टर्कीका राष्ट्रपति इर्डोगनसँग भेट-वार्ता गर्नुभयो।

विदेशी लगानीका लागि चीन थप खुला
विस्तृत विषय2019-07-01 16:52February 24 2020 14:04:40

विदेशी लगानीका लागि चीन थप खुला

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जी बीस ओसाका शिखर सम्मेलनमा पाँच क्षेत्रलाई अरू खुला गर्ने घोषणा गर्नुभएपछि अठचालीस घण्टाभित्रै उक्त दुई सूची सार्वजनिक गरेर चीनको कार्यवाही क्षमता देखाएको छ।

चीन र जापानबीच उच्च स्तरीय मानवीय आदानप्रदान तथा छलफल प्रणालीको स्थापना गर्ने निर्णय
विस्तृत विषय2019-06-28 09:30February 24 2020 14:04:40

चीन र जापानबीच उच्च स्तरीय मानवीय आदानप्रदान तथा छलफल प्रणालीको स्थापना गर्ने निर्णय

चीन र जापान दुवै एशियाली सभ्यताको विकासका लागि महत्वपूर्ण योगदानकर्ता हुन्। यी दुवै पक्षले एशियाली सभ्यताको उपलब्धिलाई प्रसार गर्दै विभिन्न सभ्यताबीचको समान वार्ता र आदानप्रदानलाई प्रवर्द्धन गर्नसक्ने छन्।

चीन र जापानद्वारा वैज्ञानिक प्रविधिको नविनता आदि क्षेत्रको पारस्परिक सहयोगलाई गहन पार्ने
विस्तृत विषय2019-06-28 09:29February 24 2020 14:04:40

चीन र जापानद्वारा वैज्ञानिक प्रविधिको नविनता आदि क्षेत्रको पारस्परिक सहयोगलाई गहन पार्ने

बेल्ट एण्ड रोड प्रस्ताव विविध क्षेत्रको संचित शक्ति मिलाउने कल्पना हो भन्ने ठहर जापानले गरेको छ। जापानलाई उच्च गुणस्तरीय बेल्ट एण्ड रोडको निर्माणमा भाग लिन चीनले स्वागत गरेको छ।

चिनियाँ राष्ट्राध्यक्षद्वारा सैद्धान्तिक रूपमा जापानी प्रधानमन्त्रीको निमन्त्रणा स्वीकार
विस्तृत विषय2019-06-28 09:27February 24 2020 14:04:40

चिनियाँ राष्ट्राध्यक्षद्वारा सैद्धान्तिक रूपमा जापानी प्रधानमन्त्रीको निमन्त्रणा स्वीकार

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले जुन २७ तारिख राति ओसाकामा जापानी प्रधानमन्त्री शिन्जो आबेसँग भेटवार्ता गर्नुभएको छ। यस अवसरमा ती दुवै नेताहरुले चीन र जापानबीचका चार राजनीतिक दस्तावेज सम्बन्धी विभिन्न सिद्धान्तलाई पालना गर्दै यी दुवै मुलुकबीचको सम्बन्धलाई उचित बाटोमा लगाउन प्रवर्द्धन गर्ने पुनःपुष्टि गरेका छन्।

राष्ट्राध्यक्ष सी जी २० को १४ औं शिखर सम्मेलनमा सहभागी हुन जापान जानुहुने
विस्तृत विषय2019-06-23 13:57February 24 2020 14:04:40

राष्ट्राध्यक्ष सी जी २० को १४ औं शिखर सम्मेलनमा सहभागी हुन जापान जानुहुने

जी २० शिखर सम्मेलनको आयोजक मुलुकको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ यही जुन 27 तारिखदेखि 29 सम्म जापान भ्रमणमा जानुहुनेछ। जापानको ओसाकामा जी २० को १४ औं शिखर सम्मेलनमा सहभागी हुन उहाँ जापा जान लाग्नु भएको हो।

चिनियाँ राष्ट्राध्यक्ष र आयरल्याण्डका राष्ट्रपतिबीच शुभकामना आदानप्रदान
विस्तृत विषय2019-06-22 19:08February 24 2020 14:04:40

चिनियाँ राष्ट्राध्यक्ष र आयरल्याण्डका राष्ट्रपतिबीच शुभकामना आदानप्रदान

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज जुन २२ तारिख आयरल्याण्डका राष्ट्रपति मिचेल डी हिगिन्सलाई चीन र आयरल्याण्ड बीच दौत्य सम्बन्ध स्थापना भएको ४०औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश पठाउनु भएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

निरन्तर दवावको उल्टो प्रभाव हुने
विस्तृत विषय2019-06-22 15:28February 24 2020 14:04:40

निरन्तर दवावको उल्टो प्रभाव हुने

अमेरिकी वाणिज्य मन्त्रालयले जुन 21 तारिख राष्ट्रिय सुरक्षा चासोका कारण सुगोन र च्याङ नान कम्प्युटर प्रविधि इन्स्टिच्युटलगायत पाँच चिनियाँ इकाईलाई निर्यात नियन्त्रण संस्था सूचीमा राखेर तिनीहरूलाई अमेरिकी आपूर्तिकर्ताबाट पार्ट्स किन्न निषेध गरेको छ। उक्त निर्णय जुन 24 तारिखदेखि व्यवहारमा उतार्नेछ।

राष्ट्राध्यक्ष सी उत्तर कोरिया भ्रमण पूरा गरी स्वदेश फिर्ता
विस्तृत विषय2019-06-21 18:39February 24 2020 14:04:40

राष्ट्राध्यक्ष सी उत्तर कोरिया भ्रमण पूरा गरी स्वदेश फिर्ता

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुन 21 तारिख दिउँसो उत्तर कोरियाको राजकीय भ्रमण पूरा गरेर पैचिङ फर्कनु भएको छ।

सी र फङद्वारा चीनउत्तरकरिया मैत्री टावरको भ्रमण
विस्तृत विषय2019-06-21 18:38February 24 2020 14:04:40

सी र फङद्वारा चीनउत्तरकरिया मैत्री टावरको भ्रमण

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिन फिङ र उहाँकी श्रीमती फङ ली युआनले आज जुन 21 तारिख बिहान प्योगयाङस्थित मोरान्बोङ पहाडमा पर्ने चिनियाँ जन स्वयंसेना स्मृति मैत्री टावरको भ्रमण गर्नुभएको छ। उत्तर करियाली श्रमिक पार्टीका प्रमुख एवं प्रजातान्त्रिक जनगणतन्त्र कोरियाली राज्य परिषदका अध्यक्ष किम जोङ उन र उहाँकी श्रीमती री सोल जु पनि सो भ्रमणमा सँगै हुनुहुन्थ्यो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान