तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीन “विकसित मुलुक” होइन

2019-12-26 19:36:19

चीनका परराष्ट्रमन्त्री वाङ यीले ब्रसेल्समा यूरोपेली संघीय थिङ्क ट्याङ्क तथा मिडिया फोरमलाई डिसेम्बर १६ तारिख सम्बोधन गर्नुभएको थियो। सो अवसरमा उहाँलाई सोधिएको पहिलो प्रश्न थियो, चीन विकासोन्मुख मुलुक हो वा विकसित मुलुक?

केही वर्षदेखि पश्चिमा मुलुकका राजनीतिज्ञहरूले विभिन्न तवरबाट चीनलाई चिप्लो घस्दैआएका छन्। तर वास्तवमा केही वर्षयता चीनले तिव्र गतिले विकास गरे तापनि चीन अझै एक विकासोन्मुख मुलुक भएको परराष्ट्रमन्त्री वाङले व्यक्त गर्नुभयो। किनकी विकासोन्मुख मुलुक वा विकसित मुलुकको मापन गर्ने आधार भनेको विविध अन्तर्राष्ट्रिय संस्थाबाट प्रकाशित सूचकाङ्कहरू हुन्। विश्व बैंकबाट सार्वजनिक तथ्याङ्कका अनुसार, सन् २०१८ मा चीनको प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन मात्रा लगभग ९ हजार ७ सय अमेरिकी डलर पुगेको छ। यो रकम अमेरिकाको ६ भागको १ भाग र यूरोपेली संघको ४ भागको १ भाग मात्रै भएर विश्वको सरदर स्तर भन्दा ज्यादै कम छ।

यद्यपि चीनले विकसित मुलुकको हैसियत बोक्न नसकेतापनि विश्वका लागि योगदान दिने इच्छा भने राखेको छ। चीनले व्यावहारिक गतिविधिबाट विश्वको अर्थतन्त्रलाई शक्ति थप्नेछ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान