निरन्तर रुपमा खुला भइरहेको चीनले विश्वका लागि “चीनको लाभांश” को सिर्जना गरेको छ। चीनले आयात भन्सार कर घटाएर विश्वतर्फ ठूलो उपभोग बजार खोलेको छ। चीनको निर्यातले विश्वको विभिन्न मुलुकका लागि उत्तम गुणस्तर र सस्तो मूल्यको मालसामान उपलब्ध गराएको छ।
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सन् २०१८ मा पो आउ एशिया मञ्चलाई सम्बोधन गर्दै विगत चालीस वर्षमा चीनको आर्थिक विकास खुलापनको पूर्वशर्तमा प्राप्त भएको, भविष्यमा चीनको अर्थतन्त्रको उच्च गुणस्तरको विकास पनि खुलापनको पूर्वशर्तमा गरिने बताउनुभएको थियो। साथै सीले चीनले बजारको खुलापनलाई निरन्तर रुपमा विस्तार गर्ने, खुलापनको बनौटको निरन्तर रुपमा सुधार गर्ने, बहुपक्षीय सहयोगलाई निरन्तर रुपमा सबल पार्ने, “बेल्ट एण्ड रोड”को निर्माणलाई निरन्तर रुपमा अगाडि बढाउने, विश्व अर्थतन्त्रका लागि सशक्त विश्वास र शक्ति थप्ने बताउनुभएको थियो।