चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २३ तारिख जन वृहत्त सभा भवनमा जापानका प्रधानमन्त्री अबे सिन्जोसँग भेट-वार्ता गर्नुभएको छ।
राष्ट्राध्यक्ष सीले प्रधानमन्त्री अबेलाई चीन, जापान तथा दक्षिण कोरियाका आठौं शिखर सम्मेलनमा भाग लिन स्वागत गर्नुभएको छ। उहाँका अनुसार, दुई पक्षको साझा प्रयासमा चीन र जापानको सम्बन्ध निरन्तर रूपमा सुधार र विकास हुँदैआएको छ। हाल दुई देशको सम्बन्धका सामु महत्वपूर्ण मौका देखा परेको छ। दुई देशका जनतालाई फाइदा पुर्याउनका लागि चीनले जापानसँग घनिष्ट आदान-प्रदानलाई कायम राखेर द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने इच्छा राखेको छ।
प्रत्युतरमा जापान र चीनको सम्बन्धको विकसित प्रवृति राम्रो भएको र क्षेत्रसँगै विश्व शान्ति, स्थिरता तथा समृद्धिका लागि दुई देशको सम्बन्धको विकाससँग महत्वपूर्ण अर्थ रहेको प्रधानमन्त्री अबेले व्यक्त गर्नुभएको छ।