तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीन, जापान तथा दक्षिण कोरियाका अर्थ तथा वाणिज्य मन्त्रीको बैठक सुरू

2019-12-23 16:49:03

चीन, जापान तथा दक्षिण कोरियाका अर्थ तथा वाणिज्य मन्त्रीको बाह्रौं बैठक २२ तारिख पैचिङमा आयोजित भएको छ।

तीन पक्षले सन् २०२०मा निर्धारित योजनाअनुसार क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सम्बन्ध सन्धिको हस्ताक्षर र त्यसको आधारमा तीन मुलुकबीच स्वतन्त्र व्यापार सन्धिको सम्झौता-वार्तालाई सक्रिय रूपमा अघि बढाउने कुरो दोहोर्याएका छन्। साथै तीन पक्षले क्षेत्रीय अर्थतन्त्रको एकीकरण, क्षेत्रीय सहयोग, “चीन, जापान तथा दक्षिण कोरिया प्लस”, ई-वाणिज्य आदि क्षेत्रको सहयोगबारे गहिरो रूपमा वैचारिक आदान-प्रदान गरेर व्यापक मतैक्य प्राप्त गरेका छन्। जसले तीन मुलुकको आठौं शिखर सम्मेलनका लागि तयारी कार्य गरेको छ।

चीन, जापान तथा दक्षिण कोरियाका अर्थ तथा वाणिज्य मन्त्रीको बाह्रौं बैठकले संयुक्त वक्तव्य प्रकाशित गरेर ई-वाणिज्य क्षेत्रमा तीन देशका व्यवसायलाई अझ बढी सहयोग गर्ने प्रोत्साहन गरेको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान