नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

मकाउ मातृभूमि फर्किएको बीसौँ वार्षिकोत्सवमा राष्ट्राध्यक्ष सी सहभागी हुने

2019-12-16 20:02:50

डिसेम्बर १८ तारिखदेखि २० तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष, जन गणतन्त्र चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ मकाउ मातृभूमिमा समाहित भएको २० औँ वार्षिकोत्सव र मकाउ विशेष प्रशासनिक क्षेत्रको पाँचौं सरकारको उद्घाटन समारोहमा भाग लिनुहुनेछ र उहाँले मकाउको निरीक्षण पनि गर्नुहुनेछ।

पाँच वर्ष अघि सी चिन फिङले मकाउको भ्रमण गर्नु भएको थियो। पाँच वर्ष अघि उहाँले एक देश दुई व्यवस्थालाई बढाउने यो केन्द्रीय सरकार, विशेष प्रशासनिक क्षेत्रको सरकार र देश भरमा सबै जातीय समूहका मानिसहरुको लक्ष्य हो भन्दै जस्तोसुकै कठिनाइ र चुनौतीहरूको सामना गर्नुपरे पनि एक देश दुई व्यवस्था नीतिमा आत्मविश्वास र दृढ रहने बताउनुभएको थियो।

मकाउ मातृभूमिमा फिर्ता भएदेखि एक देश दुई व्यवस्था र आधारभूत कानुन मकाउमा सफलतापूर्वक अभ्यास भइरहेको छ। यसले मकाउको विकासमा सुन्दर चित्र कोरेको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान