तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

छ्यु श पत्रिकामा राष्ट्राध्यक्ष सीको महत्वपूर्ण लेख प्रकाशित

2019-12-16 18:11:58

छ्यु श पत्रिकाले डिसेम्बर सोह्र तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण लेख पूरक श्रेष्ठता तथा उच्च गुणस्तरीय विकाससहित क्षेत्रीय आर्थिक प्रारुपको निर्मणको प्रवर्द्धन प्रकाशन गरेको छ। सो लेखका अनुसार विभिन्न स्थलको स्थानीय अवस्थाबमोजिम कामको उच्च विभाजन र विकासलाई अनुकूलन हुने बाटोमा पूरक श्रेष्ठता तथा उच्च गुणस्तरीय विकासको क्षेत्रीय आर्थिक प्रारुपलाई प्रवर्द्धन गर्नुपर्ने उल्लेख छ।

वर्तमान क्षेत्रीय आर्थिक विकासको नयाँ परिस्थितिलाई बुझ्नुपर्ने कुरा लेखमा औँल्याइएको छ। अर्थतन्त्रको विकासको बनौट गहिरो रुपमा परिवर्तित भैरहेको र केन्द्रीय शहर र शहरी समूह विकासको महत्वपूर्ण कारकतत्व बनेको पनि भनिएको छ। नयाँ परिस्थितिलाई अनुकूल भएर क्षेत्रीय समन्वय तथा विकास सम्बन्धी नयाँ विचारको योजना गर्नुपर्ने कुरालाई जोड दिइएको छ।

यसका अतिरिक्त उत्तर पूर्वी क्षेत्रको राणनीतिक स्थान निकै महत्वपूर्ण रहेको भन्दै नयाँ रणनीतिक कदमले यस क्षेत्रको चौतर्फी पुनःरुत्थानलाई प्रवर्द्धन गर्नुपर्ने कुरा लेखमा उठाइएको छ। स्रोतसाधनको प्रभावकारिता मिलाएर नयाँ सन्तुलित विकासको औद्योगिक संरचना सिर्जना गर्नुपर्ने कुरा लेखमा समेटिएको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान