तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

गत नोभेम्बर महिनामा चीनका आर्थिक सूचकहरू अपेक्षाकृत राम्रो

2019-12-16 16:46:03

आज डिसेम्बर १६ तारिख चिनियाँ राष्ट्रिय तथ्यांक व्यूरोले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ। सो प्रतिवेदनका अनुसार चालु वर्षको अघिल्ला एघार महिनामा चीनको अर्थतन्त्र स्थिर रुपमा विकसित हुँदै आएको छ।

चिनियाँ राष्ट्रिय तथ्यांक व्यूरोका प्रवक्ता फू लिन ह्वैले १६ तारिख बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चालु वर्षका अघिल्ला एघार महिनामा चीनको औद्योगिक बृद्धि दर बढेको, उदीयमान उद्योगहरूको विकासको गति निरन्तर जारी रहेको, सेवा उद्योग स्थिर रूपमा बढेको र लगानी वृद्धि स्थिर रहेको जानकारी दिनुभयो। वर्तमान आर्थिक परिस्थितिबारे प्रवक्ता फूले जटिल र गम्भीर अन्तर्राष्ट्रिय वातावरणमा पनि चिनियाँ अर्थव्यवस्थामा ठूलो निश्चित शक्ति र क्षमता रहेको औँल्याउनुभयो।

प्रतिवेदनमा बङ्गुरको मासुको प्रभावमा नोभेम्बरमा चीनको उपभोग्य दर गत वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले बृद्धि भएको छ। प्रवक्ता फूले नोभेम्बरमा बङ्गुरको मासुको मूल्य घटेको जानकारी दिनुभयो।

यसबाहेक चीन र अमेरिका दुवै मुलुकका आर्थिक तथा व्यापारिक टोलीको संयुक्त प्रयासमा आपसी आदरको आधारमा पहिलो चरणको वार्तामा सहमति भएका छन्। प्रवक्ता फूले बजारको विश्वास बढेको र चीन तथा विश्व आर्थिक विकासका लागि सकारात्मक भूमिका निर्वाह गरेको औँल्याउनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान