तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

पाँचौं भूमध्य संवाद मञ्च पूरा

2019-12-08 15:58:52

डिसेम्बर ७ तारिख पाँचौं भूमध्य संवाद मञ्च इटलीको राजधानी रोममा पूरा भएको छ। चीन सरकारमा यूरोपेली मामिलाका विशेष प्रतिनिधि ऊ हुङपोले मञ्चमा भाग लिनुभएको छ।

सो अवसरमा ७ तारिख आयोजित बेल्ट एण्ड रोड प्रस्तावमा चीन र मध्य-पूर्वी क्षेत्रको सम्बन्ध विषयक वार्तामा चिनियाँ प्रतिनिधि ऊले पनि भाग लिनुभएको छ। साथै साउदी अरबका उप-अर्थमन्त्री हमाद अल बाचाय र अरू धेरै मुलुकका विद्वान तथा विशेषज्ञहरू पनि उक्त वार्तामा सहभागी भएका छन्।

प्राप्त जानकारस्अनुसार, सन् २०१९ सम्म मध्य-पूर्व क्षेत्र र उत्तर अमेरिकाका कुल २१ वटा मुलुकले बेल्ट एण्ड रोड प्रस्तावमा सहभागी भएका छन्। बेल्ड एण्ड रोड प्रस्तावको सिद्धान्त साझा सल्लाह, साझा निर्माण तथा साझा प्रतिफल हो। धेरै मुलुकको सहभागीले उक्त प्रस्ताव र गतिविधिको व्यापक स्वीकार गरिएको पुष्टि गरेको प्रतिनिधि ऊले व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, मध्य-पूर्व क्षेत्रको स्थिरता तथा विकासका लागि चीनले महत्वपर्ण योगदान दिनुका साथै बेल्ट एण्ड रोडले उक्त क्षेत्रको दिगो विकासलाई अझ घच्घच्याउनेछ।

वार्तामा चीन र मध्य-पूर्व क्षेत्रबारे धेरै विश्लेषण तथा छलफलले सरकारको सम्बन्धमाथि नजर पुर्‍याए तापनि स्थानीय सर्वसाधारणको विचारमाथि ध्यान दिएको थिएन। मध्य-पूर्वी क्षेत्रको एक तथ्याङ्कका अनुसार, केही वर्षयता स्थानीय सर्वसाधारणमा चीनसम्बन्धी अनुकूलनता क्रमशः बढेको कुरा बेल्जियमको भेसालियस कलेजका प्रोफेसर गाय बर्टोनले बताउनुभयो।

अमेरिकी एट्लान्टिक काउन्सिलअन्तर्गत मध्य पूर्व कार्यक्रमका प्रमुख विलियम एफ वेच्सलरले मध्य-पूर्व समस्या जटिल भएका हुनाले कुनै एक देशबाट मात्र समाधान गर्न नसकिने र अमेरिकाले चीनसँग सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान