तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

याङ चे छ र अमेरिकी विदेश मन्त्री बीच टेलिफोन वार्ता

2019-12-08 15:56:32

डिसेम्बर ७ तारिख बिहान चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवं केन्द्रीय समितिको बैदेशिक मामिला कार्यालयका प्रमुख याङ चे छले अमेरिकी विदेश मन्त्री माइकल पोम्पेओसँग टेलिफोन वार्ता गर्नुभयो।

टेलिफोन वार्तामा याङले बितेका केही समययता अमेरिकाले तथाकथित ‘हङकङ मानवअधिकार तथा प्रजातन्त्र कानुनी मस्यौदा' कानुन बनाएको साथै अमेरिकी तल्लो सदनमा ‘युगुर मानवअधिकार नीति सम्बन्धि कानुनी मस्यौदा २०१९' पनि पारित गरेर अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताउनुभयो। केही अमेरिकी पदाधिकारीले पटक पटक चीनको राजनीतिक अवस्था तथा आन्तरिक एवं बैदेशिक नीतिलाई बंग्याएको कुरा पनि उहाँले उल्लेख गर्नुभयो। ती गतिविधिहरूबाट चीनको आन्तरिक मामिमाथि क्रूर हस्तक्षेप भएको र अन्तर्राष्ट्रिय कानुन तथा सम्बन्धको आधारभूत मापदण्डको गम्भीर उलंघन गरिएको कुरामा उहाँले जोड दिनुभयो। यस्ता गतिविधिहरू चीन-अमेरिकाका जनता लगायत अन्तर्राष्ट्रिय समाजको अपेक्षासँग विपरीत रहेको भन्दै यसका लागि चीनले कडा विरोध र निन्दा गरेको उहाँले स्पष्ट पार्नुभयो।

टेलिफोन वार्तामा नेता याङले भन्नुभयोः नयाँ चीन स्थापना भएको ७० वर्षमा अनुकरणीय उपलब्धि हासिल गरिएको मुख्य कारण चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व हो र चिनियाँ जनताले आफ्नो देशको विकाससँग अनुकूल बाटो बनाएका छन्। आफ्नो बाटो, सिद्धान्त, शासन अवस्था, संस्कृतिप्रति ठूलो आत्म विश्वास गरेका चिनियाँ जनताले यसै बाटोमा दृढताका साथ अघि बढ्दै जाने छन्। जुनसुकै व्यक्तिले हाम्रो अघि बढ्ने पाइलालाई रोक्न सक्दैन्। चीनले देशको सार्वभौमसत्ता, सुरक्षा, विकास हितको अटलताका साथ संरक्षण गर्दै जानेछ। अमेरिकाले वर्तमान परिस्थिति बुझेर आफ्नो गल्तीलाई सच्याउँदै चीनलाई बंग्याउने काम तथा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गतिविधिलाई तुरून्तै बन्द गर्न चीन ताकिता गर्दछ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान