तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

१३औँ सागमा स्वर्ण जित्नेमा नेपालका पुरुषभन्दा महिला खेलाडी अगाडि

2019-12-07 17:34:07

१३औँ सागमा स्वर्ण जित्नेमा नेपालका पुरुषभन्दा महिला खेलाडी अगाडि

    नेपाल चालु १३ औँ संस्करणको दक्षिण एसियाली खेलकुद (साग)मा शुक्रबारसम्म १६९ स्वर्ण छिनोफानो भएकोमा नेपालले ४१ स्वर्ण जितेको छ। स्वर्ण जित्नेमा पुरुषभन्दा महिला खेलाडी अगाडि छन्। पुरुषले १८ स्वर्ण जित्दा महिलाले २२ पुर्‍याएका छन्। यो एकल र सामूहिक प्रतिस्पर्धाको नतिजा हो। अर्को एक स्वर्ण महिला र पुरुषको संयुक्त टिमले लिएको छ। खासगरी स्विमिङ, एथलेटिक्स, भारोत्तोलन, ट्रायाथलन, साइक्लिङ, उसुलगायत खेलमा महिलाले नयाँ कीर्तिमान राखेका नयाँ पत्रिकाले लेखेको छ। 

    नेपालले सागको एकै संस्करणमा सर्वाधिक स्वर्ण पदक जितेको आफ्नै इतिहास पनि तोडेको छ। २० वर्षअघि आठौँ सागमा घरेलु मैदानमै ३१ स्वर्ण जितेको नेपालले १३औँ संस्करणको पाँचौँ दिनमै ४१ स्वर्णसहित नयाँ इतिहास रचेको हो। 

    आफैँले स्थापना गरेको सागमा स्वर्णमा शतकको सफलता पनि नेपालले जारी संस्करणबाटै प्राप्त गरेको छ। सन् १९८४ मा भएको पहिलो संस्करणमा धावक वैकुण्ठ मानन्धरले नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए। तर, स्वर्णसंख्या सय पुर्‍याउन नेपाललाई ३५ वर्ष लाग्यो। जारी प्रतियोगिताको चौथो दिन तेक्वान्दोका सक्षम कार्कीले ८७ केजी तौल समूहमा पाकिस्तानका वकार अलीलाई हराउँदै स्वर्ण पदक सय पुर्‍याउने कीर्तिमानमा आफ्नो नाम लेखाए। 

१३औँ सागमा स्वर्ण जित्नेमा नेपालका पुरुषभन्दा महिला खेलाडी अगाडि

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान